रिलायवल नेपालको सकरात्मक वित्तीय प्रगति, नाफा र इपिएस पनि बढ्यो

काठमाडौं । रिलायवल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले साढे ४५ करोड नाफा कमाएको छ ।
कम्पनीले मंगलबार प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८१–८२ को तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।
समिक्षा अवधिमा कम्पनीले ४५ करोड ५७ लाख ९६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत आवको तुलनामा भने ३६.८८ प्रतिशत धेरै हो । गत आवको सो अवधिमा कम्पनीले ३४ करोड २ लाख ९३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
नाफा घटेपनि कम्पनीको खुद बीमा शुल्क आर्जन पनि २७.१८ प्रतिशत बढेको छ । ९ महिनामा कम्पनीको यस्तो बीमा शुल्क ३ अर्ब ४७ करोड ९४ लाख रुपैयाँ कायम भएको छ । जबकि, गत वर्षको चैत मसान्तसम्ममा कम्पनीको यस्तो बीमा शुल्क २ अर्ब ७३ करोड ५७ लाख ५८ हजार रुपैयाँ मात्र थियो ।
लगानी तथा कर्जाबाट हुने आम्दानी पनि ९.५६ प्रतिशत वृद्धि भई १ अर्ब ६ कोड ७३ लाख १८ हजार रुपैयाँ कायम भएको छ ।
समिक्षा अवधिमा कम्पनीको खुद दावी भुक्तानी ३३.१६ प्रतिशत बढेर ३ अर्ब ४४ करोड ७२ लाख २७ हजार रुपैयाँ पुगेको छ ।
कम्पनीको ९ महिनामा कुल आम्दानी पनि २७.१३ प्रतिशत बढेर ४ अर्ब ७६ करोड ३७ लाख रुपैयाँ पुगेको छ । जबकि, गत आवको तेस्रो त्रैमासमा पनि कम्पनीको यस्तो आम्दानी ३ अर्ब ७४ करोड ७२ लाख रुपैयाँ रहेको थियो ।
यता, कुल खर्च पनि २६.५३ प्रतिशत वृद्धि भएको देखिन्छ । योसँगै ९ महिनामा कम्पनीको खर्च ४ अर्ब ३१ करोड ८ लाख ५६ हजार रुपैयाँ कायम भएको छ । गत आवको सोही अवधिमा भने कम्पनीको खर्च ३ अर्ब ४० करोड ६९ लाख रुपैयाँ रहेको थियो ।
हाल कम्पनीको चुक्ता पुँजी ४ अर्ब ६४ करोड रुपैयाँ छ । कम्पनीको प्रतिसेयर आम्दानी (इपिएस) ४.२ रुपैयाँ बढेर १३.८८ रुपैयाँ कायम भएको छ। यता, प्रतिसेयर नेटवर्थ १६७.९७ रुपैयाँ कायम भएको छ ।