बीमा प्राधिकरण अध्यक्ष ओझाको नियुक्ति सम्बन्धी कागजात झिकाउन आदेश

काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझाको नियुक्तिसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले सरकारी पक्षसँग नियुक्तिका आधारसँग सम्बन्धित कागजातहरू पेश गर्न आदेश दिएको छ ।
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत तथा न्यायाधीश नित्यानन्द पाण्डेयको संयुक्त इजलासले यस्तो आदेश दिएको हो । अधिवक्ता इन्दिरा धमलाले ओझाको शैक्षिक तथा व्यावसायिक योग्यतामाथि प्रश्न उठाउँदै १७ चैतमा रिट दायर गरेकी थिइन् ।
सरकारले ओझालाई बीमा प्राधिकरणको अध्यक्षमा १२ फागुनमा नियुक्त गरेको थियो ।