छुट्ला है रिलायबल नेपाल लाइफको लाभांश, सुरक्षित गर्ने अन्तिम मौका

काठमाडौं । आज रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ ।
कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोलि जेठ २६ गते बुक क्लोज गर्दैछ । सोही अनुसार आजसम्म नेप्सेमा कायम सेयरधनीहरुले सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्।
कम्पनीले यो वर्ष आफ्ना सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको १२ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.६३ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने भएको छ ।
सो लाभांश पारित गर्न कम्पनीले आगामी असार २ गते आठौँ वार्षिक साधारण सभा बोलाएको छ ।