प्रभु महालक्ष्मी लाइफको साधारण सभा आज बस्दै, लाभांश पारित गर्ने मुख्य एजेन्डा

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको आठौं वार्षिक साधारण सभा आज बस्दै छ ।
सभामा लाभांश पारित गर्ने मुख्य एजेन्डा रहेको छ । कम्पनीले यो वर्ष आफ्ना सेयरधनीलाई ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४२१ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
सभाले बोनस सेयरबाट चुक्ता पुँजी वृद्धि हुने भएकाले सोही बमोजिम प्रबन्धपत्र संशोधन गर्ने, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण पनि छलफल गरी पारित गर्नेछ ।
कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि जेठ १६ गते बुक क्लोज गरिसकेको छ ।