एनएलजी इन्स्योरेन्सको साधारण सभा आज, लाभांश पारित गर्ने मुख्य एजेन्डा « Arthapath.com
३० जेष्ठ २०८२, शुक्रबार

एनएलजी इन्स्योरेन्सको साधारण सभा आज, लाभांश पारित गर्ने मुख्य एजेन्डा



काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा आज बस्दैछ ।

सभामा लाभांश पारित गर्ने मुख्य एजेन्डा रहेको छ । कम्पनीले यो वर्ष आफ्ना सेयरधनीलाई २.६३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

सभाले २.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.१३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्नेछ ।

यस्तै, कम्पनीको आर्थिक वर्ष २०८०–८१ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह, चालु आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण लगायतका प्रस्तावहरु पारित गर्नेछ ।

सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले जेठ २२ गते बुक क्लोज गरिसकेको छ ।


प्रतिक्रिया दिनुहोस्