बीमा प्राधिकरण अध्यक्ष ओझा माथि छानबिन गर्न सरकारले गठन गर्याे न्यायिक समिती
काठमाडाैँ । साेमबार बसेकाे मन्त्रीपरिषद बैठकले नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले नियुक्तीकाे समयमा पेश गरेकाे कागजात छानबिनकाे लागि भनेर न्यायिक छानबिन समिति गठन गरेकाे छ ।
२०८१ फागुन १२ गते प्रधानमन्त्री केपी ओली नेतृत्वकाे सरकारले ओझालाई बीमा प्राधिकरणकाे अध्यक्षमा नियुक्त गरेकाे थियाे ।
ओझाले प्राधिकरणकाे अध्यक्ष बन्न पेश गरेकाे कागजातका आधारमा उनको योग्यता माथि प्रश्न उठाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन थालेकाे थियाे ।
सरकारले ओझाले पेश गरेकाे कागजातबारे छानविन गर्न उच्च अदालतका पुर्व न्यायधिश कृष्ण गिरीकाे संयाेजकत्वमा कपिल ओली र जीवनप्रकाश सिटाैला सदस्य रहेकाे छानविन समिति गठन गरेकाे छ ।
छानविनमा परेपछि ओझा स्वत: निलम्बनमा पर्नेछन् । ओेझाले अध्यक्ष बन्न पेश गरेकाे कागजात बारे छानविन गर्न समिति गठन गरिएकाे सहभागी एक मन्त्रीले अर्थपथलाई बताए ।
















