पुँजी नपुगेकाहरु मर्ज गरेर आउनुस भनेका हौं । « Arthapath.com
१६ श्रावण २०७६, बिहीबार

पुँजी नपुगेकाहरु मर्ज गरेर आउनुस भनेका हौं ।



चिरञ्जीवि चापागाई

अध्यक्ष, बिमा समिति

बैंकहरु मर्जर भनिरहेका छन बिमा कम्पनीहरु पनि मर्ज गराउने भनेर लागिरहनुभएको छ । बिमा कम्पनी कति चाहिन्छ भन्ने अध्यायन भएको छैन ? बिमा बैंक कति चाहिन्छ भन्ने अध्यायन नगर्ने लाइसन्स दिने मर्ज गराउने यो रेगुलेटरको कमजोरी देखिएन ?

तपाईको प्रश्न एक हदसम्म सही हो किनभने एक हातले लाइसन्स दिनु अर्को हातले मर्जमा ल्याउन जस्तो भयो । यो कुरा आफैमा कन्टोभर्सी छ म त्यसलाई स्वीकार गर्छू । म पनि राष्ट्र बैंकबाट आउको हुनाले रिटायर भएपछि सुझाव दिनु राम्रो लाग्दैन । कतिपय साथिहरुले रिटायर पनि अन्र्तवार्ता दिँदै हिंड्नु भएको छ । राष्ट्र बैंकको नाताले मलाई चित्त बुझेको छैन । भित्र बस्दा एउटा कुरा गर्ने बाहिर निष्कने वित्तिकै अर्को कुरा गर्ने । अर्को रह्यो बिमाको कुरा म आफै आएपछि २ वर्ष अगाडी लाइसन्स बाडेको हो । २ वर्ष पनि यही म्यानेजमेन्टले मर्जीङ पनि ल्याएको हो । हामीसँग मर्जर पोलिसीको २०७६ को निती पनि छ । फोर्सले मर्ज गराउनको लागी हामीले यो निती ल्याएका छैनौं । हामीले लाइसन्स दिँदा १ अर्व र २ अर्वको पुँजी पु¥याउने भनेका थियौं । २ वर्षको समय पनि दिएका थियौं समय सकियो । पुँजी त चाहियो नि, पुँजी हुनेले चलाउनोस ठिक छ पुँजी नपुगेकाहरु मर्ज गरेर आउनुस भनेका हौं । कि पुँजी पु¥याउनुस कि मर्जमा जानुस भनेका हौं ।

अहिले इन्स्योरेन्स सेक्टरमा १९ ओटा जिवन बिमा र २० ओटा निजीवन बिमा कम्पनी छन । जिवन बिमातर्फ हामीलाई कुनै समस्या छैन । हामीले लाइसन्स दिएको जिवन बिमाको हो । ल्त्यसले राम्रो रिजल्ट ल्याएको छ । ७ प्रतिसतबाट ग्रोथ २० प्रतिसतमा पु¥याएको छ । कुल ग्राहस्थ उत्पादनमा त्यत्तिकै योगदा छ । रोजगारी सृजनामा पनि उत्तिकै योगदान छ । समस्या निर्जिवनमा छ । उतिबेलानै १७ ओटा कम्पनी थिए हामी आएपछि त ३ ओटा को लाइसन्स बाध्याताबस दिनु परेको हो । त्यतिबेलानै १७ ओटा निर्जिवन बिमा कम्पनी बाच्न नसक्ने अवस्थामा थिए । पुँजी पनि ननलाईफकै पुगेको छैन । मर्जर ज–जसले पु¥याएका छैनन् उनिहरुलाई समाधानको लागी मर्जर निती ल्याएका हौं ।

पुँजी पु¥याउने असारसम्मको डेटलाइन त सकियो धेरैको पुगेको छैन, फेरी समय थप हुन्छ ?

फेरी समय थप गर्ने कुरा त जायज हो जस्तो मलाई त लाग्दैन तै पनि हामीले स्टडी गरिराखेका छौं । कसको कति पुँजी छ कसले कसरी पु¥याउन सक्छ प्लान कस्तो छ हामी फेरी अध्यायन गछौं । २ साताको समय छ त्यसपछि बोर्डले के एक्सन लिन्छ त्यै बेला थाहा हुन्छ । मैले बोर्डमा विकल्पसहितको प्रश्ताव लैजाने हो । संचालक समितिबाट निर्णय आउँछ ।

तपाई ननलाईफ कम्पनीहरु प्रति बायस भएको र तपाईले दिएका अभिव्यक्तिहरु ननलाईफ इन्स्योरेन् चल्दैन हुँदैन भन्ने खालका छन रे हो ?

बायस होइन म बिमा समितिको अध्यक्ष भएर बिमा कम्पनीको सिईओका काम पनि मै गरौं । म त रेगुलेटरको अध्यक्षको मात्र काम गर्न पाए हुन्थ्यो क्या । हामीले भदौमा एनएफआरएस को निर्देशन जारी ग¥यौं । उहाँहरु जेठसम्म वित्तिय विवरणनै ल्याउनुहुन्न । कम्पनीका साथीहरु विभिन्न देशमा ट्रेनिङ, अव्जरभेसन जान खोज्छन । चाँडो भन्दा चाँडो वित्तिय विवरण ल्याउनुहोस हामीले एनएफआरएस ल्याएको भदौमा हो । केही साथिहरु एनएफआरएसबाट बिमा समिति फिर्ता भैदिए हुन्थ्यो भनेर धेरै ठाउँमा धाए । हामी लाईफ ननलाईफ दुबैप्रति बायस छैनौं ।

एनएफआरएस बिमा समितिले ढिला ल्यायो र यसै वर्षदेखी लागु गर भनेकाले समयमा एजिएम गर्न सकिएन पेनाल्टी तिर्नुभन्ने गुनासो छ नि ?

मैले लगानी र्ता साथीहरुलाई पनि बोलाएको छु । भदौमा निर्देशन जारी गरेको भदौदेखी जेठसम्मचाँही वित्तिय विवरण बुझाउन नसक्ने जेठमा हामीले कडा निर्देशन गरेर अव हामी व्याक हुदौनौं भनेपछि असारमा २१ दिन सूचना निकाल्न पाएको छैन याहा विवरणको चाङ लगाउने । मेरो चित्त दुखाई कहाँ हो भने साथीहरुले समयमै सबै काम गर्नुप¥यो । भदौमा जारी गरेको दिर्नेशन जेठसम्म किन कुरेको ? ३ ओटा कम्पनीले एजिएम गरिसके । यो आवमा १३ ओटा कम्पनीको वित्तिय विवरण स्वीकृत गरिसक्यौं । ५÷७ ओटा लाइनमा छ । संकट सकियो ।

३९ ओटामा १३ ओटाले मात्र एजिएमको लागी विवरण पठाउनु भनेको त नियामकको असफलता होइन ?

त्यसको के–कती मेरो भागमा पर्छ आफ्नो ठाउँमा होला । मैले सिईओको काम गर्ने होइन । उहाँहरुलाई बारम्बार बोलाएर यो ल्याउनोस त्यो ल्याउनुस भनिरहनुपर्ने कारण नै छैन नि । भदौदेखी असारसम्म कुर्नुपर्ने कारण के थियो ।

तपाईहरुले ल्याएको एनएफआरएसको नयाँ नियम र बिमा कम्पनीहरुले गरेको ढिलाइको कारणले लस राज्य, लगानीकर्ता प्रमोटर सबैलाई घाटा भयो नि ?

यसमा जिवन बिमाको साइटमा एक्चुरियल भ्यालुएसन गर्नुपर्ने थियो । पहिलेदेखीनै यस्तै हुन्थ्यो । निर्जिवन तर्फको भ्यालुएसन यो वर्ष गरेपनि अर्कोवर्ष गरेपनि गर्नै पथ्र्यो । अव एनएफआरएसबाट स्टममा आउको छ यो वर्ष पनि सकिन्थ्यो । साथिहरु अन्तै दैलो चहारेर एनएफआरएसबाट पछाडी हट्न खोज्नुभयो । तै पनि हाम्रो निर्णयमा पछी हटेनौं । अर्को वर्षबाट एकदमै राम्रो हुन्छ । यो वर्षलाई अलिकति दुःख प¥यो सहिदिन इन्भेष्टर्स, प्रमोटर्ससबैलाई अनुरोध गर्दछु ।

क्यापिटल पु¥याउन ढिलाईले बजारमा प्रेसर के हुनसक्छ ? मर्जमा जान्छन ?

हाम्रो मर्जर नितीको उदेश्यचाँही क्यापिटल पु¥याउनुस भन्ने नै हो । नभए दुई संस्था मर्जभएर क्यापिटल पु¥याएर आउनुस भनेका हौं ।

केही राइट सेयर निष्कासन गरेका कम्पनकिा प्रमोटरहरु अहिले किन राइट हाल्ने । अहिले पैसा हालेपनि बिमा समितिले फेरी पुँजी बढा भन्छ । अहिलेको क्यापिटलमा त रिर्टन पाउन सकिन्न भने फेरी क्यापिटल थप भन्यो भने मर्जरमा जानुको विकल्प हुँदैन, अहिले किन पैसा हाल्ने भन्छन नि ?
फेरी क्यापिटल थप गर्ने कुरा अहिले हामीले भन्न मिल्दैन । प्लानमा पनि छैन ।

बिमा समितिले पहिले त यती पूँजीले पुग्दैन ४ अर्व चाहिन्छ भनिरहेको छ नि ?

त्यो बोर्डले गरेको होइन प्रश्तावित ऐनमा राखिएको हो । त्यो ऐन मन्त्रालmयमा प्रवेशनै पाएन । हामी अव रिक्विेस क्यापिटलमा जाने हो अव पेडअप क्यापिटल त तोक्दैतोक्दैनौं । जस्तो पुँजी छ त्यै साइजको विजनेश गर्न सक्नुहुन्छ । फेरी पुँजी बढाउने भन्ने कुरा भविष्यको कुरा हो ।

प्रश्तावित बिमा ऐन के भैरहेको छ ?

ऐन संघिय संसदको अर्थ समितिमा छ ।

ऐनले तपाईसहितको बोर्डलाई हटाउने कुरा थियो ?

मैले धेरै ठाउँमा यै कुरा भनिसके । मेरो कुनै कमीकमजोरी भए हटाइदिए भैगो नि ।

प्रतावित ऐनमा बिमा संबन्धी धेरैं इस्युहरु संबोधन भएका छन हो ?

ऐनमा २÷३ ओटा कुराहरु कहाँबाट मिष्टेक भएका छन । हामीले जति पनि बिमा कम्पनीको रेगुलेसन गरेका छौं । ति सबै निर्देशनको माध्यामबाट गरेका छौं । निर्देशनले कानुनी मान्यात पाउँदैन । अहिले सबैले बैंकाइन्स्योरेन्स भनिराखेका छन । हामीले त्यो कर्पोरेट एजेन्ट हो भनिरहेका छौं । बैंकाइन्स्योरेन्स नै हो त्यसलाई कुन मोडलमा लैजाने भन्नेमा छौं । राज्यले यत्रो स्वास्थ्य बिमा गरिराखेको छ हामीले व्यावसायीक रुपमा चलाउन पाएका छैनौं । अभिकर्ता एउटा कम्पनीको व्यापार गर्ने चित्त बुझेन भने सबै बोकेर अन्त जाने प्रवृति छ । एउटा कम्पनीमा मात्र काम गर्ने पाउने गर्न सकियो भने अन्त लान सक्दैन । त्यसलाई हामीले रोक्न सकिएको छैन जुन प्रश्तावित ऐनमा छ । एउटा अभिकर्ता अर्को कम्पनीमा जाँदा स्वीकृत लिनुपर्ने लगायत नियमनको दायरामा ल्याउने हो । बिमाको सबैभन्दा विश्वसनिय भनेको दावीलाई हामीले टाइममा क्षति अनुसारको भुत्तानी दिन सकियो भने पो बिमाको दायरा बढ्ने हो । सिभिल इन्जीनियरले मोटरको लस कसर िनिकाल्छ भन्नुहोस त । त्यसलाई त मेकानिकल चाहिने होला नि । नयाँ ऐन चाडो आउनुपर्छ त्यसले धेरै कुरा ट्याकमा ल्याउँछ ।

बैंकहरुले व्याकमेलिङ टाइपले इन्स्योरेन्स गराइराखेको छ भन्ने गुनासो छ नि ?


यो हाम्रो दायराभित्र होइन राष्ट्र बैंकमा जान्छ यस्तो गुनासो । यो अल्पकालको लागी हो । कसैले बिमा गरिनस भने कर्जा दिन्न भन्यो भने पनि यो अल्पकाल हो । भोली बैंकमा कर्जा सहज भयो बोलाएर दिने अवस्था आयो भने पोलिसि लिने ठाउँमा किन जान्छ नलिने ठाउँमा रोजेर जान्छ नि । हामीले निर्णय लिँदा दिर्घकालिन सोच लिएर गर्नुपर्छ ।

पछिल्लो समय बिमा पोलिसी बिक्नुमा बैंकहरुको फोर्सको कारणले हो त ?

होइन, बैंकहरुमार्फत भएको ५ प्रतिसत मात्रै हो । हामी असार पनि एक्चुअल डाटा निकाल्छौं कति बैंक इन्स्योरेन्स रैछ र कति अभिकर्ताबाट भएको रहेछ भनेर । ५ प्रतिसतले कसरि अभिकर्ताको रोजिरोटी खोसिन्छ ? भोलीका दिनमा बैंकाइन्स्योरेन्सको प्रतिसत ५० पुग्यो अभिकर्ताले गर्ने ५० प्रतिसत पुग्यो भने बैंकाइन्स्योरेन्सको सिमा यहाँसम्म मभनेर तोक्ने राइट हामीलाई छ नि । आज ५ प्रतिसतमै सिमा तोक भन्नुहुन्छ ? ५ प्रतिसतलाईनै काम गर्न नदिने कुराले कसरी बिमाको दायरा बढ्छ ?

नेपालमा बिमा कम्पनीको संख्याचाँही बढि हौन पुँजी नपुग्ने हिसावले मात्रै मर्ज गर्नुपरेको भन्ने हो ?
हो, बैंककै उदाहरण लिउँ न । बैंकहरु सबै फकर उदेश्यले आएका थिए अहिले सबैले एउटै गर्छन । फरक के छ भने बैदेशिक एलसी खोल्न बाणिज्य बैंकबाहेकले पाउँदैन । १९ ओटा कम्पनी होइन हामीकहाँ त्यती धान्छ नि । जिवनमा त रिजल्ट आउको छ निर्जिवन बिमामा म आउँदा १३ अर्वको थियो अहिले २६ अर्व पुग्छ असारमा । हामीले गत माघदेखी एकिकृत सम्पती बिमालेख जारी गरेका छौं । हामी विस्तारै सबैलाई बिमाको दायरामा ल्याउन खौजदैछौं । हाइड्रोपावरहरु यत्रो बनिरहेका छन । रेलवे बनिरहेको छ । एरपोर्ट बनिरहेको छ ति सबैको बिमा हुने हो । यी सबै बाँच्दैन बन्ने होइन तर प्रतिस्प्रर्धा स्वच्छ हुनुप¥यो । कोही मर्जमा जान चाहन्छ भने जानोस भनेर खुल्ला गरेका हौं ।

बिमा मर्जर गराउँदा क्रसहोल्डीङबाट सुरु गर्ने कुरा पनि आएको छ नि ?

अहिले फोर्स मर्जर होइन । भोली हामी क्रसहोल्डिङ हेर्छाै । हाम्रो निर्देशिकाले कुनैपनि बिमा कम्पनीमा एकल घर परिवारको १५ प्रतिसत भन्दा बढी पाउँदैन तर त्यही काम गर्ने अर्को कम्पनीमा १ प्रतिसतभन्दा तल हुनुपर्छ भनेको छ । हामीले त्यसलाई आगामी वर्षबाट कडाइकासाथ लागु गछौं ।

बैंक जिवन, निर्जिवन बिमा एउटै समुहले चलाउदा कन्फिट अफ इन्टेष्ट हुादैन ?

सामान किसिमको विजनेश गर्नेले त्यै कम्पनीमा बिम ागर्न पाउदैन । एउटैले धेरै बिमा बैंक चलाए भन्ने कुरा राज्यको उदार अर्थनितीका कारण हुन । जसको पैसा छ उसले खोल्छ कि त राज्यले बैंक खोल्नेले बिमा खौल्न नपाउने बनाइदिनुप¥यो ।

Tags :

प्रतिक्रिया दिनुहोस्