“फोर्स मर्जरको नीति आयो भने सेयर मार्केटमा कुनै असर गर्दैन:” गोविन्द ढकाल « Arthapath.com
२० श्रावण २०७६, सोमबार

“फोर्स मर्जरको नीति आयो भने सेयर मार्केटमा कुनै असर गर्दैन:” गोविन्द ढकाल




सिईओ/ गरिमा विकास बैंक, अध्यक्ष/डेभलपमेन्ट बैंकर्ष संघ

छिट्टै आउन लागेको मनिटर पोलिसीमा फोर्स मर्जरको निति ल्याउन लागेको भनेको सुनिन्छ । के यो सम्भव छ ?

मनिटर पोलिसी अव छिट्टै आउला भन्ने अपेक्षा गरेका छौं । कलिकति कमर्सियल बैंकहरुको संख्या नघटेको भन्ने कुराहरु त आइरहेको छ । विकास बैंकहरु झण्डै ९० वटाबाट ३० वटामा आइसके कमर्सियल बैंकहरु ३१ बाट अहिले २८ वटा छ । त्यो हिसाबले बाहिर यी कुराहरु आएका छन् तर फोर्स मर्जरै भनेर आउँछ जस्तो मलाई लाग्दैन । त्यो सबै पत्रपत्रिकामा आएका कुराहरु हुन् ठ्याकै हामीले भन्न सक्ने अवस्था छैन ।

फोर्स मर्जरको नीतिले बजारमा केहि असर गर्छ ?

फोर्स मर्जरको नीति आयो भने सेयर मार्केटमा कुनै असर गर्दैन । किनभने सेयरको अंङ्क बढ्ने कुरा पनि भएन दुईटा बैंकहरु मर्ज हुने कुरा हो । फोर्स मर्ज भन्दा पनि बैंकहरुको संख्या घटाउ र मर्जको लागि पूँजी नथपीकन मर्ज हुनको लागि उत्प्रेरित गर्ने खालको नीति आउँदाखेरी त्यसले नकारात्मक असर त पार्दैन । सकारात्मक नै असर पार्छ जस्तो लाग्छ ।

के बिकास बैंकहरुको संख्या पनि बढी भएको हो ?

बिकास बैंकको संख्या बढी हैन् । बिकास बैंक त अझै पनि घट्दै छन् । कुनै बेला बढी थिए । अहिले ३० वटामा आइसकेका छन् । सायद मेरो विचारमा विकास बैंकहरु २० देखि २५ वटा रहन्छन् । हाम्रो बजारको आवस्थ अनुसार नेपालमा २५ ओटा बिकास बैंकहरु चाहिन्छ । यसलाई बढी भन्नु हुँदैन ।

विकास बैंकहरुले ग्रामिण भेगमा गएर विगतमा सेवा दिएका थिए, अहिले नेपाल राष्ट्र बैंकले कमर्सियल बैंकलाई नै गाउँगाउँ पठाएपछि अब बिजीनेस त बिकास बैंकहरुको खोसिने भयो नि ?

खोसिदैन् । शहरमा पनि हामी कमर्सियल बैंकसँग नै प्रतिस्पर्धा बसेका छौं । हामी गाउँ गाउँमा पनि हामी कमर्सियल बैंकसँग प्रतिस्पर्धा गरिरहेका छौं । कमर्सियल बैंकहरु गाउँमा जाने भन्नेमा हाम्रो आपत्ति होइन । प्रत्येक बैंक वित्तिय संस्थाहरु गाउँमा पुग्नुपर्छ र ग्रामिण भेगका मानिसहरुले बैंकिङ्ग सुविधाहरु सर्वसूलभ दरमा पाउनुपर्छ र त्यहाँ पनि प्रतिस्पर्धा हुनुपर्छ भन्ने हाम्रो मान्यता छ । तर हाम्रो एउटै मात्र कुरा के हो भने नेपाल राष्ट्र बैंकसँग, नेपाल सरकारसँग के हो भन्दा अब बिकास बैंकहरुको पूँजीको हिसाबले, प्रत्येक इन्डिकेटरको हिसाबले सक्षम छन् अहिले । सरकारी जुन पैसा छ, विभिन्न योजना परियोजनामा जाने पैसाहरु । त्यो पैसाहरु बिकास बैंकमार्फत पनि खाता खोलेर सञ्चालन गर्न पाउनुपर्छ भन्ने मात्र हाम्रो जिकिर हो । ग्रामिण भेगहरुमा कमर्सियल बैंकहरु गए भनेर गुनासो छैन त्यसमा त हामीलाई झन राम्रो हुन्छ ।

सरकारी कारोबार पनि बिकास बैंकहरुलाई नदिने गरी गाउँगाउँमा बैंकहरु पठाएपछि बिकास बैंकहरु कसरी टिक्छन् ?

सरकारी कारोबार नदिने भन्दा पनि नेपाल राष्ट्र बैंकले बाफिमा दिने भन्ने स्पष्ट व्यवस्था छ । कति नियमावलीहरुमा वाणिज्य बैंकहरुबाट कारोबार गर्ने भन्ने कुराहरु त्यो संशोधन नगरेसम्म विकास बैंकहरुले नपाएको हो । त्यसको लागि हामीले पहल पनि गरेका छौं । सरकारी कारोबार नपाए पनि हामी ग्रामिण एरियामा गएर आफ्नो कारोबार सञ्चालन गर्न सक्छौ र प्रतिस्पर्धा गर्न सक्छौं । सरकारी रकम नै सबै कुरा होइन त्यो रकम पब्लिकलाई जाने र पब्लिकबाट बैंकमा आउने हो । खातामा रहिरहने पनि हैन् । सरकारी कारोबार गर्ने रकम पाउदाँखेरी नै बैंक माथि जान्छ त्यो सजिलो हुन्छ भन्ने पनि होइन् । तर त्यो विश्वसनीयता पनि विकास बैंकलाई दिनुपर्छ भन्ने हाम्रो मनसाय हो । त्यो नभए पनि हामी गएर बैंकिङ्ग सुविधा दिन विकास बैंकहरु सक्षम छन् र दिन्छन् पनि ।

कमर्सियल बैंकहरुले नै ब्याजदर बढाएर डिपोजिट खोस्यो नि विकास बैंकहरुको ?

कमर्सियल बैंकमा विगतमा केहि थोरै क्रेडिट क्रान्च वा केहि अप्ठ्यारो स्थिति देखियो । त्यो अवस्थामा कमर्सियल बैंक अहिले पनि छ । कमर्सियल बैंकमा ८ प्रतिशत छ, विकास बैंकको ७ प्रतिशत ब्याज छ न्यूनतम । त्यो हुँदापनि विकास बैंकको डिपोजिट खोसिएको स्थिति छैन् । यो डिपोजिट खोसिने यताउता जाने भन्ने कुरा त अर्थतन्त्रमा धेरै तलमाथि त हुन्छ । त्यसलाई सुविधाको हिसाबले पायक पर्ने हिसाबले एउटा शाखामा कसैले कारोबार गरिरहेको थियो तर उसको नजिक अर्को नयाँ शाखा सञ्चालन भयो भने त्यहाँ उसले कारोबार गर्नु सामान्य कुरा हो । कमर्सियल बैंकहरुसँग हामीलाई खुशी के लागेको छ भने कमर्सियल बैंकको भन्दा प्रतिस्पर्धा गरेर ब्याजदरमा माथि जानुपर्ने कुरा त्यसले गर्दा विकास बैंकहरु सक्षम, बलियो र जनताको रियल बचतमा बैंकहरु चलेका रहेछन् भन्ने प्रमाण हो । कुनै संघ संस्थाको पैसामा डिपेन नभइकन चलेका रहेछन भन्ने कुरा यसले स्पष्ट देखाएको छ ।

विकास बैंकहरुलाई बैंक ग्यारेन्टी र एलसीको काम गर्न दिने कुरा कहिले पुरा हुन्छ ?

बैंक ग्यारेन्टी र एलसी भनेको कस्तो हुन्छ भन्दा, बैंक ग्यारेन्टी सरकारी पैसा भन्ने कुरा जुन हामीले धेरै पहल गरेको हो । विकास बैंक बन्नुपर्दा पहिलाका विनियमावलील पनि काम गरिरहेको छ । जुन बेलामा बैंक मात्रै थियो नेपालमा । विनियमावलीमा वाणिज्य बैंकबाट गर्ने भनेर त्यो संशोधन गर्न नसकेर हामीलाई अप्ठ्यारो परेको हो । त्यो संशोधन गर्नको लागि हामीले पहल र कन्भिन्स गर्ने हो त्यसको अलवा अरु केहि उपाय पनि छैन् ।

बाणिज्य बैंकहरुले एकदमै धेरै शाखा खोलेर विकास बैंकहरुको कर्मचारी धमाधम तानिरहेको छ नि ?

त्यसमा के छ भने हामी टे«निङ सेन्टर जस्तो भएको छौं । कतिपय विकास बैंकका साथीहरुका गुनासो पनि यसमा छन् । कर्मचारीहरु तान्ने यो मान्छेको मानव अधिकार पनि हो । त जान पाउँदैनस् भन्न पनि हामीले मिल्दैन । कुनै पनि बैंक वित्तिय संस्थाले अथवा हामीकहाँ पनि अन्यबाट आउँदाखेरी कमसेकम त्यो बैंक वित्तिय संस्थाहरुले क्लियरेस् चिठीसम्म दिनुपर्ने अनिवार्य गर्नुपर्छ जस्तो मलाई लाग्छ । गरिमा बिकास बैंकको कुरा गर्ने हो भने हामी कहाँ सम्पूर्ण कर्मचारीहरु कमर्सियल बैंकबाट आएका छन् । विकास बैंकको मात्र नभएर कमर्सियल बैंककै कमर्सियल बैंकमै पनि तानतान छ र विकास बैंकका झन १÷२ वर्ष काम सिक्ने त्यसपछि कर्मचारी कमर्सियल बैंकमा जाने प्रविधि बढेको छ । एउटा इन्डष्ट्रिमै समस्याको रुपमा देखिएको छ । अब यसमा सहमति गरेर जान पाउँदैनस् होइन कहाँसम्म जान सकिन्छ भने कुरामा छलफल गर्नु आवश्यक छ ।

अहिले बैंकर एशोसियसन त एकदम पावर फुल देखिएको छ, तर विकास बैंकर संघको भूमिका नै केहि देखिदैन नि किन ?

पावर फूल भन्नाले हामी लड्न जाने भन्ने कुराहरु होइन । नियमकारी निकायहरुसँग जहाँ पनि हामीले हाम्रो कुराहरु राखेका छौं । हामीसँग कुनै कुरा मागिएका छन् त्यो कुरा पनि दिएका छौं । किनभने विकास बैंकलाई एउटा पावर फूल भनेको विकास बैंकको भूमिका कति छ भन्ने नेपाल राष्ट्र बैंकलाई स्पष्ट थाहा छ । हिजो के थियो, आज के छ, भोलि पनि विकास बैंकहरु चाहिन्छ् । हामी त आफ्नो काम नेपाल राष्ट्र बैंकको नीति नियम भित्र रहेर गर्ने हो । मागेको अवस्थामा, खोजेको अवस्थामा हामीले आफ्नो राय दिने हो, त्यो बाहेक विकास बैंर्कस संघ भन्नुहोस् अथवा बैंकर संघ भन्नुहोस् यो त कुनै पोलिटिकल संस्था पनि होइन । एउटा सामान्य काट्लिङ्ग गर्न जन्मेको संस्था पनि होइन । यो के हो भने सामान्य संस्थागत सु–शासन भित्र रहेर काम गरौं । कुनै समस्याहरु प¥यो भने त्यहाँ भित्र छलफल गरेर निर्णयमा पुगौं भन्ने हो । हाम्रो कुरा यो है यस्तो गर्दिनुस् भन्ने खालको आफ्नो कुरा राखौ भन्ने थलो अथवा संघ हो जस्तो लाग्छ । संघ हिजो कम कमजोर थिएन् आज पनि छैन् । हिजो पनि पावर फूल थिएन आज पनि छैन् । जो छ हामी आफ्नो हिसाबले अगाडि बढिरहेका छौं ।

डेभलपमेन्ट बैंकर संघको नेतृत्वमा आएपछि अब तपाई भूमिका कस्तो रहन्छ ?

हिजो पनि हाम्रा साथीहरु अध्यक्ष म उपाध्यक्ष हो । अहिले अध्यक्षले आफ्नो एउटा व्यक्तिगत कारणले अफ हुनुभयो । हाम्रो स्वत् उपाध्यक्ष कार्यबहाक अध्यक्ष हुने भन्ने हाम्रो विधानमा नै व्यवस्था भएकोले हुनाले म अध्यक्ष भएको छु । हामी संघ भनेको विशुद्ध एउटा जाहेज कुराका लागि, एउटा संस्थागत हितको लागि, पब्लिकको हितको लागि, जुन कुराहरु गर्दाखेरी सबैलाई राम्रो हुन्छ त्यी कुराहरुमा नेपाल राष्ट्र बैंक अथवा अन्य नियमकारी निकायहरुलाई हामीले घच्चघच्याउने काम गर्ने हो । हाम्रा सुझावहरु राख्ने काम मात्र हामीले गर्ने हो र हिजो पनि त्यहि गरेका थियौं । आज पनि हामीले तिनै कुराहरुलाई निरन्तरता दिने हो । विकास बैंकहरु मिलेर गाउँगाउँमा वित्तिय साक्षरता कार्यक्रम सञ्चालन गर्नका लागि बैंकहरु मिलेर गरौं भनेर लागेका छौ अहिले ।

अर्को कुरा कर्मचारी टे«न भएनन् भनेर विकास बैंकको मनोज ज्ञवलीलाई हाम्रो जिम्मेवारी दिएका छौं तालिमको संयोजकको । कमसेकम स्टाफलाई बढी टे«न गर्नको लागि एउटा तालिम दिने संस्थाहरु छन् तिनीहरुसँग समन्वय गरेर विकास बैंकको लागि कस्तो किसिमको स्टाफहरु चाहिन्छन । कुन कुरामा कमी कमजोरी बढी देखिएका छन् । हाम्रो अप्ठ्याराहरु के छन् र हाम्रा आस्था के हुन् भन्ने कुरालाई हामीले एकदम विश्लेषण गरेर त्यही अनुसारको तालिमको व्यवस्था गरि कर्मचारीलाई टे«न गर्न खोजेका छौं । अरु कुराहरु त समय समयमा नेपाल राष्ट्र बैंकसँग आफ्ना कुराहरु राख्ने । अन्य अर्थमन्त्रालय, धितोपत्र बोड, स्टक एकचेन्ज संग समन्वय गर्ने काम भइनैहाल्छ । हामी बिकास बैंकभित्र पनि के गर्छौ भन्दादेखि कुनै सिईओ होस् कुनै बैंकको सञ्चालकहोस् कसैले पनि संस्थागत सु–शासन भन्दा बाहिर गएर काम ग¥यो भने यो गर्नुहुँदैन भनेर हामीले सम्झाउने काममा सकभर हाम्रो भूमिका रहन्छ ।

तपाई अहिले त कार्यवाहक अध्यक्ष हुनुहुन्छ, अब पूर्ण अध्यक्ष कहिले बन्ने हो ?

पुर्ण अध्यक्ष भन्नेकुरा अब आउने साधारणसभा हाम्रो अधिवेशन हो । २/२ वर्षको कार्यकाल हुन्छ । अब सायद यो चैत्र भित्र साधारणसभा हुन्छ । मै अध्यक्ष हुनुपर्छ भन्ने छैन् । जसले काम गर्नसक्छ उ हुने हो । त्यसमा विवाद गर्ने पक्षमा म छैन र साथीहरु पनि हुनुहुन्न् । किनभने अब थोरै भइसक्यौं हामी । हिजो ९० वटा हुँदाखेरी मान्छेहरुको चाहना र इच्छाहरु फरक फरक थियो अहिले १ तिहाइ भइसक्यो । त्यहीमाथि पनि अब २०–२५ वटामा आउँदैछौ भने अब त्यहाँ चुनाव हुने पनि कुरा भएन जो भएपनि सहमति बाट हुने हो । अध्यक्ष भएर मात्र गर्ने कुरा होइन यो टिमले गर्ने कुरा हो । एउटा अध्यक्षले नेतृत्व गर्ने उसले लिडिङ गर्ने मात्र कुराहरु हो । त्यसकारण म अध्यक्ष भए पनि नभए पनि म हिजो पनि सक्रिय भएर लागेको थिए । भोलि अध्यक्ष नभए पनि बाहिर बसेर लाग्छु ।

राष्ट्र बंंैकको वाफीया अनुसार तपाईको पनि यो अन्तिम कार्यकाल हो ?

राष्ट्र बैंकको अनुसार त वाफीया लागू भएपछि पहिलो कार्यकाल हुन्छ । मेरो यो पहिलो कार्यकाल चलिरहेको छ । सिईओको जागिर कतिखेर कहाँ के भन्ने कुराहरु ठ्याकै भन्न सकिदैन । त्यसकारण मेरो अझै २ वर्ष बाँकी छ । त्यसमा मैले खान्छु खान्न अथवा् सञ्चालक समितिले पत्याउछ पत्याउँदैन त्यी कुराहरु पनि छन् नि । कसैले खान चाहेर हुँदैन् नि र म बस्छु भनेर ढिँपी गरेर पनि हुँदैन । त्यसकारण एउटा नीति नियम भित्र रहेर वाफिया अनुसार त अब एक कार्यकाल भन्दा खानु पाइदैन ।

बिकास बैंकर संघले अहिले हालै सरकारले ल्याएको बजेटलाई कसरी लिएको छ ?

बजेटको बारेमा धेरै कुराहरु आइसकेका छन् । समग्र हिसाबले बजेट राम्रो छ जस्तो लाग्छ मलाई । एक घर एक खाता त्यो हामीलाई राम्रो कुरा हो । जुन ३ लाख बिमाको निक्षेप बिमाको कुराहरु छन् त्यो पनि राम्रो कुरा हो । खर्च भन्ने कुरा एकाध रुपैयाँ बढ्छ । सबै हिसाबले सन्तुलित र सकारात्मक भएर गएका छौं । कार्यान्वयनको पक्षलाई अलिकति बढी जोड दिनुपर्ने स्थिति छ । नेपालको रिसोर्च, नेपालको ट्याक्स कति छ, असिमित चाहाना छ हामीसँग सिमित स्रोत साधन छन् । सिमित स्रोत साधनमा रहेर जुन बजेट ल्याइएको छ । यो बजेट हामीसँग भएको रिसोर्च अनुसार उत्तम छ ।

बिकास बैंकलाई पनि ग्रामिण भेगमा सरकारले तोकेको जुन स्थानीय निकायमा कहिले जाने ?

हामी ग्रामिण एरियामा अहिले पनि जान पाएका छौं । ग्रामिण एरियामा जान त नेपाल राष्ट्र बैंकको स्वीकृत लिन पनि पर्दैन । नेपाल सरकारले निकासा गरेको रकम सिधैं कमर्सियल बैंकमा जम्मा हुने व्यवस्था हटाइयोस भन्ने मात्रै हाम्रो कुरा हो । त्यहाँ बैंक खोल्न जान पाइन्न भन्ने कुरा होइन । त्यो पैसा कुनै (क) वर्गको बैंकमा गएर त्यही बसिरहने पैसा पनि होइन । त्यो त विकासको लागि जाने पैसा हो । त्यो त विभिन्न शिर्षकमा खर्च हुने पैसा हो । त्यो पैसा त सबै मार्केटमा आउँछ । मार्केटमा आएको पैसा जुन बैंकमा नेपाल सरकारले सिधैं जम्मा गरिदिएको थियो, त्यही बैंकमा लगेर फेरी पैसा जम्मा गर्नुपर्छ भन्ने त छैन् । त्यो पैसा क, ख, ग जुन वित्तिय संस्थामा पनि डिपोजिट हुन सक्छ । त्योे मेजर कुरा होइन । मेजर कुरा त बैंक वित्तिय संस्थाहरु समक्ष छन् भने कमसेकम विश्वास गर्नुप¥यो अब । हिजोको स्थितिको सानो पूँजीमा, सानो एरियामा चलाएर प्रत्येक कुरालाई टोक्नोलोजीको हिसाबले, प्रत्येक विषयले हामी एकदम सक्षम छौं भनेपछि यो सुविधा विकास बैंकलाई दिइयोस् भन्ने हाम्रो कुराहरु हो । त्यसले गर्दा ग्रामिण एरियामा जानै सक्दैनौं जानै पाउँदैनौं भन्ने होइन प्रत्येक बिकास बैंकहरुले गाउँपालिका ठाउँमा अहिले पनि दिनदिनै शाखा खोलेका छैं ।

गरिमाको भावि योजना के छ ?

गरिमा विकास बैंकको भावि योजना त पूँजी नेपाल राष्ट्र बैंकले तोकेअनुसार गत असारमै पु¥याइसकेको हो । अहिलेको प्लान ग्रामिण एरियादेखि सहरसम्म काठमाडौंमै अब हामी ३ वटा शाखा थप्दै छौं । यो वर्षमा हाम्रो ६० वटा शाखा भैसक्यो अरु ९ वटा शाखा आउने क्रममका छ । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म शाखा बिस्तार गर्ने र सात वटै प्रदेशमा अहिले हाम्रो २ नं. प्रदेशमा शाखा छैन् । पत्येक प्रदेशमा आफ्नो उपस्थिति जनाउने र अलिकति लगानी कृषि तथा उत्पादनशिल क्षेत्रमा र राष्ट्र बैंक नेपाल सरकारले अलिकति जुन प्राइरेटी सेक्टरको लगानीलाई बढी जोड गरेको छ । अहिले पनि हामी त्यसमा एकदम लागेका छौं । त्यसमा अलिकति वढी प्राथमिकता दिएर लगानी अगाडि बढाऔं भनेर हामीले प्रत्येक शाखालाई तपाईले कृषि र प्राइरेटी सेक्टरमा छुट्टाछुट्टै यतियति लगानी गर्नु भनेर हामीले टार्गेट पनि दिइसकेका छौं । त्यसकारणले आफ्नो बिजीनेसलाई एक्पान्सन गर्ने लक्ष्य छ ।

यो आवमा गरिमा विकास बैंकको लगानीकर्ताले कति लाभांशको अपेक्षा गर्न सक्दछ ?

प्रत्येक ३/३ महिनामा रिपोर्ट सर्सती हेर्दा खेरी हाम्रो एनपिएल बिलो १ कम छ । रिर्टन पूँजी बढेको हिसाबले हामीले हिजो अस्तिको जस्तो १८/२० प्रतिशत दिने अवस्था छैन् । तैपनि अहिले १४÷१५ को बीचमा हामीले रिर्टन दिने हिसाबमा छौं । त्यही अनुसार हामी आगामी वर्ष पनि आफ्नो बजेट बनाउने क्रममा हामी छौं । अत्याधिक धेरै रिटर्न दिएर हामी एकदम जोखिम लगानी गरेर अगाडि जाने पक्षमा छैनौं । एउटा सुहाउँदो रिटर्न दिनुपर्ने दायित्व हो त्यसमा हामी सचेत छौं । रिटर्न दिने सवालमा जोखिम बढी लिएर भोलि बैंकलाई नै अलि अप्ठ्यारो पर्ने हिसाबमा हामी कुनै पनि क्रियाकलाप गर्दैनौं । बरु रिटन २ प्रतिशत कम होस् त्यो कुरामा हाम्रो सञ्चालक समिति पनि सजक हुनुुहुन्छ र त्यसमा आवद्ध संस्थाहरु पनि साच्चै गरिमाको संस्थापकहरुले हामीलाई यति नै रिटन चाहिन्छ, जसरी नि चाहिन्छ भन्ने आभास साधारण सभामा पनि आएको छैन् । लगानीलाई हामीले उचित प्रतिफल दिने कर्तव्य त हाम्रो हो त्यसमा हामी सजक छौं । यो वर्ष १५÷१६ बीचमा हामी रिटर्न दिन सक्छौं ।

गरिमा बिकास बैंक काठमाडौं आएकै १ वर्षभन्दा बढी भइसक्यो, अहिले बजारमा सुस्त छ, ब्रान्डिङ पनि खासै केहि देखिएन नि ?

गरिमा बिकासको ब्रान्डिङ सुस्तता भन्ने कुराहरु हामीले त धेरै गरे जस्तो लागेको छ । हामी वालिङमा जन्मिएको हो । १० वर्षमा हामी यति माथि आएका छौं कि साच्चिकै हामी आफैलाई गर्व लागेको छ । काडमाडौं आइसकेपछि पनि हामीले एउटा आफ्नो उपस्थिति जनाएर प्रशस्त सामाजिक काम पनि गरिसकेका छौं । व्यावसाय बढाएको छौं । काठमाडौंमा हाम्रो ३ ओटा साखाले डिपोजिट टन्नै उठाएको छौं तर काठमाडौंमा लगानी त्यती गरेका छैनौं ।

Tags :

प्रतिक्रिया दिनुहोस्