म्युचुअल फण्डले सेयर बजार १४/१५ सयमा पुग्नेवित्तिकै मज्जाले रिर्टन दिन सक्छ « Arthapath.com
२८ श्रावण २०७६, मंगलवार

म्युचुअल फण्डले सेयर बजार १४/१५ सयमा पुग्नेवित्तिकै मज्जाले रिर्टन दिन सक्छ



राजिव सापकोटा, सीईओ, लक्ष्मि क्यापिटल लि.
अध्यक्ष, एभरेष्ट इन्स्योरेन्स लि
नेपालको बैंकिङ क्षेत्रमा २२ वर्ष विताईसकेका राविभ सापकोटा हाल लक्ष्मी क्यापिटलको सिईओ रहेका छन । लक्ष्मी बैंकको सहायक कम्पनी लक्ष्मी क्यापिटलको जिम्मेवारीमा रहेका सापकोटा लक्ष्मी बैंकको डिजिएम पनि हुन । उनि खेतान समुहद्वरा संचालित एभरेष्ट इन्स्योरेन्सको अध्यक्ष पनि हुन । नेपालको वित्तिय क्षेत्रको बारेमा गहिरो अध्यायन गर्ने सापकोटा क्यापिटल मार्केटप्रति पनि उत्तिकै जानकार छन । फिलिपिनन्सबाट एमबिए गरेका सापकोटा नेपाल धितोपत्र बोर्डमा समेत साँढे २ वर्ष काम गरे । काठमाण्डौं डिल्लीबजारमा जन्मिएका सापकोटा हिमालयन बैंकमा साँढे ७ वर्ष सनराइज बैंककमा २२ महिना काम गरेका छन । पछिल्लो समय लक्ष्मि बैंककमा १० वर्षदेखी लक्ष्मी बैंकमा कार्यरत सापकोटा युवा अवस्थामै धेरै जिम्मेवारी लिने व्यक्तिमा पर्छन । अहिले सेयर बजार घटिरहेको छ । यसै सन्र्दभमा लक्ष्मी क्यापिटलले म्युचुअल फण्डको पनि म्यच्योड ह्ुँदैछ । अहिले म्युचुअल फण्डको घट्दो बजार र मचेन्ट बैंकिङको अवस्थाका बारेमा सेयर बजारले गरेको कुराकानीको सार संक्षेप ः–
बैंकहरुलाई ब्रोकर लाइसेन्स दिने भयो, अव क्यापिटलले पनि लाइसन्स माग्ने बेला भएन र ?
बैंकहरुलेचाँही देशैभरी साखा विस्तार गरेर बसेको हुन्छ । उसले संभावित लगानीकर्तालाई सहज प्वाइन्ट हुन्छ । क्यापिटलको त्यो किसिमको साखा हुँदैन । सबै ठाउँमा मचेन्ट बैंकको क्रियाकलापको लागी भनेर साखा खोल्न संभव पनि हुँदैन । बैंकलाई दिएपछि बैंककै सहायक कम्पनी मचेन्ट बैंक भएकाले उसको लगानीकर्ताको एक्सेस हुने ठाउँमा साखा भएकोले मचेन्ट बैंकलाई छुट्टै लाइसन्स दिनुपर्छ जस्तो मलाई लाग्दैन ।
म्युचुअल पण्डको आईपिओनै विक्री हुन छोड्यो नि किन यस्तो भएको ? विश्वास नभएको हो ?
म्युचुअल फण्डप्रतिनै विश्वास नभएको भन्ने होइन । मलाई त त्यस्तो लाग्दैन । पछिल्लो समय आएका म्युचुअल फण्ड बाहेक पहिले आएक फण्डहरुले राम्रो रिर्टन दिएकै हुन । बजार घटेको बेलामा आएकाले राम्रो रिर्टन दिन नसकेका पक्कै हुन । अहिले नर्मल आईपिओ पनि विकिरहेको छैन फण्ड मात्रै होइन । जवसम्म सरकारले टाइममा खर्च गर्ने बजारमा पैसा आउने र लोन सस्तोमा सजिले पाइने भएपछि बजार त आफै बढीहाल्छ । यो बजारमो पारदर्शी कारोवार भनेकै म्युचुअल फण्ड हो । हरेक साता कारोवारको विवरण वेभसाइटमा राख्नुपर्छ हरेक महिनामा सार्वजनिक सूचना निकाल्नुपर्छ । कहाँ कहाँ कति लगानी छ भनेर ट्रान्फरेन्स हुनुपर्छ । बैंकहरुले सहायक कम्पनीले ल्याएका म्युचुअल फण्डप्रति लगानीकर्ताको विश्वास नहुने कुरै आउँदैन ।
लक्ष्मीको एउटा म्युचुअलफण्ड घाटामा रैछ किन ?
हाम्रो टाइम फ्याक्टरले पनि रोल खेल्छ । पहिलो फण्ड इस्यु गर्दा र दोस्रो फण्ड इस्यु गर्दा बजार असाध्यै फरक परेको थियो । सेकेण्ड स्कीम बजारमा सेयरको भाउ सत्र सय पुग्दा लन्च गरेका हौं । अहिले नेप्से इण्डेक्स घटेर १२÷१३ सयमा छ । बारम्बार प्रामेफिट बुक गर्दागर्दै पनि अलिकति लस देखिएको छ । म्युचुअल फण्डले सेयर बजार १४÷१५ सयमा पुग्नेवित्तिकै मज्जाले रिर्टन दिन सक्छौं ।
लक्ष्मीको अरु स्कीम कहिले आउँछ ?
अर्को स्कीम धेै चाँडे नै लन्च गर्ने अवस्थामा छौं । सेयर बजार अहिलेपनि करेक्सनको फ्रेजमा गएको छैन । हाम्रो अर्को स्कीम चाँडैनै दशैं अगाडी नै ल्याउने प्लानमा छौं ।


म्युचुअल फण्डहरुले दोस्रो बजारमा कारोवार गर्दा राम्रो कमिसन लिने र हिसाव देखाउँदैनन् रे नि ?
यसमा बजारको हल्ला एकातिर छ । हामीसँग त्यो अनुभव पटक्कै छैन । हामीसँग जे छ टिकटमा छ त्यै अनुसार ब्रोकरलाई कमिसन दिने हो । कमिसन म्युचुअल फण्डले लिन मिल्दैन ब्रोकरले जुन कमिशन पाउने हो त्यै अनुसार काम गर्ने हो ।
करोडौंको कारोवार गर्दा ब्रोकरले कमिसन छुट नदिने पनि हुन्छ र ? दिनुपर्ने होइन र ?
कमिसन छुट दिने नदिने रेगुलेसनमा भनिएका कुरा होइनन् । व्यवहारिक पक्षका कुरा हुन । यस्तो कुरामा सहभागी भयो भने ननट्रान्फरेन्सलाई बढावा दिने कुरा आयो । हामी यो पक्षमा इन्भल्व भएर काम गरेका छैनौं ।
म्युचुअल फण्डले बजार सुधारको लागी खासै पहल गरेनन भन्ने आरोप छ नि ?
बजार सिुधारको लागस् जति रेगुलेटरले गर्नुपर्ने काम हुन्छ फण्डहरुले बजारमा भएका कम प्रांइसमा सेयर किन्ने हो । बजार घट्ने क्रम चलिरहँदा पनि आफ्नो एक्पटिज युज गरेर सेयर किन्दीनु भनेकै बजारलाई सपोर्ट गदिर्ननु हो । आ–आफ्नो रोल हुन्छ । फण्डले पटक्कै सेयर किन्देनन् भनेचाँही बजारलाई सपोर्ट नगरेको भन्न मिल्यो ।
रेगुलेटरले लगानीको दायरा बढाईदिएन भन्ने गुनासो बेला बेलामा आउने गर्छ नि ?
नयाँ बजार ओपन गर्दै जान पाए हुन्थ्यो । अन्र्तराष्ट्रिय बजारमा हेर्ने हो भने फण्डहरुले रियल सेक्टर रियल स्टेटमा पनि पैसा हाल्न भएका छन । अरु मनि मार्केटमा पनि पैसा हाल्न पाएका छन । हामीकहाँ हामीकहाँ एउटा मात्रै सिमति क्षेत्र भएकाले अहिले सेयर बजार घट्दा फण्डहरु पनि घाटामा गएका हुन । अन्य सेक्टरपनि ओपन भएको भए फण्डहरुले आफ्नो लसलाई मेकअप गराउँथे ।
नेपालमा म्युचुअल फण्डहरुको आकार सानो भयो हैन ?
निक्कै सानो छ सुरुवात हुनुनै ठुलो कुरा हो । ५÷७ वर्षमा यती फारदर्शी हिसावले काम गर्ने फण्डहरुलाई सव्ीकृती दिइएको छ । अझै अरु सेक्टरपनि थप्दिने सेयर बजारमा मात्रै केन्द्रिन नबनाउने हो भने फण्डको बजार ठुलो हुन्छ ।
म्युचुअल फण्डलाई ठुला परियोजनामा लगानी गर्ने गरी ठुला आकारमा संचालन गर्न सकिन्न ?
भर्खरै सुरुवात भैरहेको छ । रेगुलेटरले पनि हेरिरहेकै होला । अहिलेनै ठुला परियोजनामा लगाईहाल्न जोखिम कस्तो हुन्छ लगानीयोग्य सेक्टर हो कि होइन हेर्नुपर्छ ।
तपाई बैंकर लक्ष्मी बैंकको् कर्मचारी, एभरेष्ट इन्स्योरेन्सको अध्यक्ष पनि हुनुहुन्छ यसमा कन्फ्लिट अफ इन्टेष्ट हुँदैन ?
कन्फ्लिट अफ इन्टेष्ट सकेसम्म कुनै हालतमा पनि नहोस भनेर काम गर्ने हो । प्रोफेसनल्ली काम गर्ने क्रममा जुन एरियामा आफुले योगदान दिन आवश्यक हुन्छ त्यै एरियमा काम गर्ने हो ।
एभरेष्ट इन्स्योरेन्सको हकप्रद सामान्य लगानीकर्तालाई दिइएको छ, के त्यो दोस्रो बजारमा सहज कारोवार हुन्छ ?
पहिले भन्दा अहिले एजिएमबाटै पास गरेर सहज किसिमले कारोवार गर्छौं भन्ने हाम्रो उदेश्य थियो । त्यै अनुसार कुरा गरिरहेका छौं । यस विसयमा रेगुलेटरले फाइनल स्वीकृत नदिएसम्म हामीले बोलिहाल्नपर्ने केही छैन ।
अहिले सबैजसो बैंकहरुले मर्चेन्ट बैंकर खोलिसकेका छन, ति कर्मचारीहरुले काम पाएका छैनन् , कसरी चल्छन ?
धितोपत्र बोर्डले अरु क्षेत्रमा पनि लगानी गर्ने दिनेगरी दायरा फराकिलो बनाउँदै लगेको छ । खाली आइपिओमात्रै म्यानेज गर्ने होइन । भ्येन्चर क्यापिटलका कुरा फाइनान्सीयल कन्सोटियमका कुरारुमा पनि जानुपर्छ ।
मौद्रिक नितीले पनि सेयर बजार बढ्न सकेन के होल अव ?
सेयर बजार बढाउन बजारमा लगानी योग्य रकम चाहियो नि । सरकारले बेलैमा खर्च गर्दिएर बजारमा पैसाको समस्या नहुने बनाएपछि बजार आफै बढ्छ । विस्तारै सेयर बजार सुधार हुँदै जान्छ भन्ने विश्वास छ ।
म्युचुअल फण्डहरुले सेयरको लगानी भन्दा अरु बाहिरको लगानीको संभावना खोजिएको छैन किन ?
हामीले एसोसिएसनमार्फत पनि कुरा राखिरेका छौं । बेला बेलामा बोर्डलाई अरु क्षेत्र पनि खोल्दिनुप¥यो भनिरहेका छौं । यो चाँडैन आउँछ भन्ने लाग्छ ।


प्रतिक्रिया दिनुहोस्