स्प्रेड गणना गर्ने विधिले बैंकहरुको मुनाफा धेरै घट्ने अवस्था छ « Arthapath.com
२२ भाद्र २०७६, आईतवार

स्प्रेड गणना गर्ने विधिले बैंकहरुको मुनाफा धेरै घट्ने अवस्था छ



कृष्णराज लामिछाने, सीईओ, महालक्ष्मी विकास बैंक लि .

नाफा बाढ्नै पर्छ भन्ने छैन रिर्जर्भमा राख्न पनि सकिन्छ
टोटल लोनको ३/४ प्रतिसत भन्दा बढी सेयर कर्जा छैन
लहडको आधारमा सेयर बजार घटबढ भैरहेको छ
म सेयर बजारबारे चासो राख्दिन र कहिल्यै किन वेच गर्ने गरेको पनि छैन

नेपालका भद्र बैंकरको परिचय बनाएको कृष्णराज लामिछाने एक कुशल बैंकर हुन । उनले ८ वर्ष नेतृत्व गरेको अन्नपुर्ण फाइनान्स (हाल कैलाश विकास बैंक) नेपालको कुनैबेल नंबर १ विकास बैंक थियो । जव लामितानेले २ कार्यकालको कारण छोडे कैलाशको व्यापारमा विस्तारै गिरावट आउन थाल्यो । नेपाल बैंक सुधार गर्ने टिममा सकेत रहेका लामिछाने महालक्ष्मी विकास बैंकमा २ वर्ष अघि सिईओ बनेका हुन । उनि प्रवेश गरेसँगै महालक्ष्मीले पुराना लोन रिकभर गर्दै बैंकलाई राम्रो प्रतिफल दिनसक्ने अवस्थामा ल्याए । उनी आफैसमेत प्रमोटर रहेको महालक्ष्मीलाई २ वर्षमा लामिछानेले नाफाको हिसावले दोस्रो विकास बैंक बनाउन सफल भए । उनै लामिछानेसँग गरिएको कुराकानीको सारसंक्षेप ः–


महालक्ष्मी विकास बैंकको अहिलेको अवस्था कस्तो छ ?
हामी सफलतातर्फ अगाडी बढिरहेका छौं । अहिले सय ओटा साखा पुगे । अवको केही सातामै २ ओटा साखा खुल्दैछ । ३१ अर्वको साइज छ । ३३ अर्व डिपोजिट २८ अर्व लोन छ । अहिलेको एनएफआरएस अनुसार ८३ करोड नाफा गरेका छौं । हालै पहिलोपटक बिपि अवार्ड पनि पायौं ।


तपाईँ महालक्ष्मी विकास बैंक आउने वित्तिकै बैंकले धेरै प्रगतीगरेछ नि ?
पहिलो कुरा त म अलि मेहनत गर्छु । दोस्रो कुरा म एक्लै भन्दा पनि मेरो टिममार्फत काम गर्नपर्छ भन्ने चाहन्छु । त्यस्तै ७ ओटा संस्थाहरु मिलेर बनेको यस बैंकलाई राम्रो बनाउनको लागी बाहिरबाट राम्रो मान्छेहरु हायर गरेँ । टिम बनाएँ, बोर्डलाई पनि विश्वासमा लिँए ।


तपाई आएपछि के चेन्ज भयो त्यस्तो ?
हामीले धेरै चेन्ज गरेका छौं । आइटी, प्रोडक्टमा, एचआरमा स्टममा सामान खरिद गर्ने जिएसटी स्टममा धेरै चेन्ज गरियो । हाम्रा साखाहरुको लेआउट ठाउँ अनुसारको फरक फरक थियो त्यसलाई एउटै बनाएका छौं । यती कम खर्चमा साखाहरु बनाएका छौं । यो त्यो भन्दा पनि हरेक सेक्टरकमा पहिचान बनाएका छौं ।


टिमओर्कको कुरा गर्नुभयो, बोर्डमा त विवाद छ भन्ने सुनिन्छ नि ?
बोर्डका साथीहरु एक आपसमा कता फर्कनुभयो मलाई जानकारी हुने कुरा भएन तर म्यानेजमेन्टलाई सपोर्ट गर्नुभएको छ । बोर्डसँग त एउटा को अर्डिनेसनमात्र हो । टिमओर्क भनेको मेरो अन्र्तगतका डिमाटमेन्ट हेडहरु छन तिनीहरुलाई चुस्त बनाएको छु । हाम्रा कर्मचारीलाई मैले दिएको डाइरेक्सन अनुसार रातको १२ वजेसम्म पनि खटेका छन ।
हामीले सबैभन्दा पहिलालै व्यालेन्ससिट राष्ट्र बैंकमा पठाएको हो । अरु बेला पनि महालक्ष्मी का कार्मचारी खटेर काम गर्छन । कर्मचारीलाई मार्गदर्शन दिने यसो गर उसो गर भन्ने काम म गर्छु । विषेस त म्यानेजमेन्ट टिपवर्क हो ।


यसको मतलव बोर्डमा विवाद छैन ?
बोर्डमा विवाद छैन ।


गत वर्षभन्दा लाभांस दर त बढ्ला नि होइन ?
यो बारेमा अहिलेनै मैले बोल्न मिल्दैन । तपाई आफै आकलन गर्न सक्नुहुन्छ यो बैंकको पुँजी कति छ नाफा कति गरेको छ भन्ने कुरा । त्यो पनि बैंकहरको आ–आफ्नो पोलिसी हुन्छ नाफा गरे भन्दैमा बैंकहरुले बाँढ्दैनन् । कतिले आफ्नो रिर्जभमा लगेर राख्छन । नाफा बाढ्नै पर्छ भन्ने छैन रिर्जर्भमा राख्न पनि सकिन्छ ।


तपाँईले छाडेपछि कैलाश बैंक निक्कै खस्कियो किन ?
म अगाडी हेर्ने मान्छे हुँ । पछाडी हेर्दिन । कैलाश खस्किएको छ कि के भएको छ म धेरै चासो राख्दिन । मैले ८ वर्ष चलाएको संस्था भएकोले राम्रो होस भन्ने शुभकामना दिन चाहन्छु । त्यसमा पनि उनिहरु केही महिनाभित्र मर्ज गर्ने तयारीमा छन ।


कैलाशलाई कसरी १ नंबर बैंक बनाउनुभयो ?
म जहिल्यै पनि फष्ट होइन बेष्ट हुनुपर्छ भन्ने मान्यता राख्ने मान्छे । खरवाहरु मध्येको पहिलो हुनुको कुनै अर्थ छैन । राम्रा मध्येको राम्रो हुनुपर्छ । कैलाशको संचालक समिति असाध्यै सहज थियो । म्यानेजमेन्टलाई सहयोग गरेका थिए । संचालक समितिले बनाएको पोलिसि म्यानेजमेन्टको टिमले कार्यन्वयन गरेको थियो । त्यै भएर म लगातार २ पटक डेभलपमेन्ट बैंकर संघको अध्याक्ष पनि भएँ । यहाँ आएपछि पनि त्यसैगरी नेतृत्व गर्न सकियोस भन्ने अपेक्षा छ ।


महालक्ष्मी विकास बैंक कहिले १ नंबर बन्छ त ?
आशा गरौं, अहिले पनि अर्निक पर सेयरको हिसावले हामी १ नंबर नै हो । डिभिडेन्ट दिने हिसावले पनि १/२ नंबरमा पछौं । साइजको हिसावले पनि के लाई आधार मान्ने पुँजीको हिसावले हो कि, निक्षेपको हिसावले कि नाफाको हिसावले विभिन्न कोणले हेर्न सकिन्छ । वेष्ट हुने प्रयास जारी छ ।


बैंकहरुमा तरलताको संकट लामो समय र¥यो कहिलेसम्म रहन्छ ?
अझै १÷२ वर्ष यस्तै रहन्छ । कार्तिक लागेपछि फेरी लगानीयोग्य रकमको अभाव हुन्छ । दशैपछि नै बजार टाइट हुने संभावना छ ।


महालक्ष्मीले धेरै सेयर कर्जा बाढेको छ, किन सजिलो मुनाफाको लागी हो ?
राष्ट्र बैंकले लिमिट तोक्देको छ यतीभन्दा बढी सेयर कर्जा दिनै पाइदैन भनेर । टोटल लोनको ३/४ प्रतिसत भन्दा बढी सेयर कर्जा छैन भने कसरी धेरै हो ।


डेपुटी गर्भनरले मिडियामा विकास बैंक चाँहीदैन भने, के विकास बैंकको काम छैन अव ?
नचाहिने भन्ने कुरै छैन । उहाँले कुन प्रसंगमा भन्नुभयो, म पहिलेपटक एसोसिएसनको अध्यक्ष हुँदा ८९ ओटा विकास बैंक थिए अहिले २९ मा झरिसके केहीदिनमा अझै १९/२० मा झर्दैछन । बाणिज्य बैंक सरह अरु विकास बैंकहरुले स्वतफुर्त काम गरिरहेका छन । ऐनले नै विकास चाहिन्छ भनेर बोलेको छ भने अहिले विकास बैंक चाहिलदैन भनेर बोल्नु ठिक हो जस्तो लाग्दैन ।


नेपालमा फाइनान्स कम्पनी र विकास बैंकको भविष्य नभएको हो ?
यो मलाई बिल्कुल होइन, अहिले बाणिज्य बैंकले गर्ने काम र हामीले गर्ने काममा केही फरक छैन । अहिले विकास बैंक फाइनान्स कम्पनी वा वाणिज्य बैंक भन्ने नै हुँनुहुँदैन । जसको ठुलो पुँजी छ ठुलै काम गर्छ । जसको सानो पुँजी छ सानै काम गर्छ ।


मर्जको लागी दवाव छ भन्ने सुनिन्छ के हो ?
मर्जर प्लान पेश गरेकै होइन यदी उपयुक्त संस्था आयो भने मर्जको लागी ओपन छौं भनेको हो । सामान्यतया हाम्रा सेयरधनीले पाएको डिभिडेन्ट र कष्टमरले पाएको सेवा नघट्नेगरी अर्को बेंक वित्तिय संसथामा मिसिन जाँदा वा अरु कसैलाई मिसाँउदा अन्यथा हुँदैन । राष्ट्र बैंकले बोलाएर मर्जमा जाउ भनेको पनि छैन । मर्जको लागी ओपन छौं । ७ ओटा संस्था मर्ज भएर आउको संस्थालाई कति दवाव दिने र । यसैलाई कन्सोलेसन गर्न बाँकी नै छ ।


कर्जाको व्याजदर कहिले घट्छ ?
कर्जाको व्याजदर आफै घटबढ भैरहन्छ । हरेक ३÷३ महिनामा वेस रेट प्रकाशित गर्नुपर्छ । वेस रेट बढ्यो भने कर्जाको व्याज पनि घटीहाल्छ नि । व्याजदरको कुरा त स्टमले निर्धारण गर्ने भयो अव । अव व्याजदर बढ्ने काम नहोला । राष्ट्र बैंकले स्प्रेड गणना गर्ने विधि ल्याएको छ । यो विधिले बैंकहरुको मुनाफा धेरै घट्ने अवस्था छ । इन्टेष्ट इनकम नै घट्ने वाला छ ।


स्प्रेड र २ प्रतिसत क्यापिटल चार्जले बैंकहरुलाई अफ्टेरो पर्दैन ?
क्यापिटल चार्ज त अर्को वर्षदेखी होला । अहिले त बैंकहरुले खुरु खुरु क्यास बाढ्ने तयारीमा छन । यती प्रतिसत क्यापिटल एडुकेसीलाई चाहिने भयो यती थप्नुप¥यो भन्ने कुरा ग्रयाजुल्ली गर्नुपर्छ भन्छु म । क्रमस यो वर्ष १ प्रतिसत अर्को वर्ष २ प्रतिसत गरेर गर्नुपर्छ ।


सेयर बजार घटिरहेको छ कहिले बढ्छ ?
अचम्म लाग्छ मलाई सेयर बजार किन घटिरहेको छ भनेर । एकाध बैंक वित्तिय संस्थाको बाहेक सबैको मुनाफा राम्रै छ किन घटिरहेको छ । मैले पनि सेयरको मनोविज्ञान बुझ्न सकिन । साइकोलोजीले काम गरेको जस्तो लाग्यो । संबन्धीत संस्थाको आन्दानी खर्च कति कमाएको छ कति डिभिडेन्ट दिन सक्छ भन्ने कुराको आधारमा होइनकी लहडको आधारमा सेयर बजार घटबढ भैरहेको छ । यो राम्रो चिज होइन । हुन त म सेयर बजारबारे चासो राख्दिन र कहिल्यै किन वेच गर्ने गरेको पनि छैन । देशको अर्थतन्त्र कता गैरकेो छ भन्ने कुरा सेयर बजारले जनाउँछ । सेयर बजार किन अप डाउन भैरहेको छ भनने फण्डामेन्टल कारण केही भटेको छैन मेरो पनि जिज्ञासाको विषय यही हो । यो बारेमा अहिलेनै मैले बोल्न मिल्दैन । तपाई आफै आकलन गर्न सक्नुहुन्छ यो बैंकको पुँजी कति छ नाफा कति गरेको छ भन्ने कुरा । त्यो पनि बैंकहरको आ–आफ्नो पोलिसी हुन्छ नाफा गरे भन्दैमा बैंकहरुले बाँढ्दैनन् । कतिले आफ्नो रिर्जभमा लगेर राख्छन । नाफा बाढ्नै पर्छ भन्ने छैन रिर्जर्भमा राख्न पनि सकिन्छ ।


प्रतिक्रिया दिनुहोस्