नविल बैंकको नुन खाएको सिईओले पहिले आफ्नै बैंकको हित हेर्नुपर्यो नि ? « Arthapath.com
२४ कार्तिक २०७६, आईतवार

नविल बैंकको नुन खाएको सिईओले पहिले आफ्नै बैंकको हित हेर्नुपर्यो नि ?



अनिल शाह, सिईओ, नविल बैंक लि.

७/८ वर्ष अगाडी एनआइसि एसयिा बैंक कहाँ थियो र आज कहाँ छ ?

१३ प्रतिसतमा बैंकले डिपोजिट लिएर ल्याण्डिङ कतिमा गर्ने ?

५० प्रतिसत लगानी घट्नुहुन्न भन्ने साझेदारको भनाइ छ ।

के छ नविल बैंकको लाभांस त बढ्न सकेन नि ?
नविल बैंकको लाभांस गत वर्षको ३० प्रतिसत थियो त्यै रेस्योमा अहिले पनि छ । गत वर्ष बोनस सेयर पनि दिएकाले क्यापिटल पनि अलि बढेको छ । अहिले हाम्रो स्प्रेडमा रेगुलेटरको कन्ट्रोल आएको छ । अहिले हामीले गत वर्ष के कती रामं्रो गर्ने भनेर लागिरहेका छौं । अहिले हामीले साखा विस्तार गरिराखेका छौं त्यसको रिजल्ट आउन २/३ वर्ष लाग्छ । कोर बैंकिङ स्टमको अपग्रेड भैराखेको छ । गत वर्ष भन्दा लाभांस बढ्यो बढेन भन्ने भन्दा पनि हामीले दिएको जती अरुले दिएका छन कि छैनन भन्ने हेर्नुपर्छ । रिर्टनको सवालमा नविल बैंक अरु संस्थाम संगै छ जस्तो लाग्छ मलाई ।


सेयर मुल्य र बजारको व्याजदरको तुलनामा लाभांस कम भएको हैन र ?
सेयर मुल्यको सन्र्दभमा नेपालको सेयर बजार बुझ्न गाह्रो छ । म सेय बजारमा नखेल्ने भएर पनि बुझ्न सक्दिन । अहिले नविल बैंकको सेयर मुल्य आजनै रिर्टन खोज्नेको लागी कम होला । हामीले हेर्दा हाम्रो बुक भ्यालु सय रुपैयाँमा ३४ रिर्टन भनेको राम्रो नै हो । नविल बैंकको सेयरमा मात्र होइन सबै बेंकको सेयरमा इन्भेष्ट गर्दा राम्रो हुन्छ । इन्ठष्ट्रीको रिर्टन हेर्दा उत्कृष्ठ छ जस्तो लाग्छ मलाई ।


पुराना बैंकहरुले नयाँ बैंकलाई च्याप्नको लागी व्याजदरमा सहमती कडाइ गरेको भनिन्छ नि ?
मलाई लाग्छ कुनैलाई काखा कुनैलाई पाखा लगाउनको लागी व्याजदरमा सहमती गरेको होइन । सहमती गरेको अर्थतन्त्रलाई स्थीरता दिनको लागी हो । व्याजदरमा भद्र सहमती नहुँदा डिपोजिटको व्याजदर १३ प्रतिसत माथी गैसकेको थियो । १३ प्रतिसतमा बैंकले डिपोजिट लिएर ल्याण्डिङ कतिमा गर्ने । त्यसको प्रभाव लोन लिने संस्थालाई मात्र होइन हाम्रो प्राइस इन्डेक्सलाई केही प्रभाव पर्छ भनेर हेर्नुपर्छ । भद्र सहमतीले अर्थतन्त्रको स्थिरतामा के कती सहयोग ग¥यो त्यसलाई हेर्नुपर्छ । अझै यो भद्र सहमती केही समयको लागी यथावत नै राख्नुपर्छ ।


तपाईले गतवर्ष १३ प्रतिसतमा डिपोजिटको स्कीम ल्याउदा ठुलै हलचल भएको थियो नि ?
केही संस्थाहरुले व्याजदर बढाउन थाले मैले त्यै बेलामा केही साथीहरुलाई यसो नगरौं भनेको थिएँ । तपाईहरुले बढाएपनि म एक साता पर्खन्छु भनेको थिएँ । तपाईहरुले जति बढाउनुभएको टछ त्यो भन्दा बढी नविलले दिनसक्ने क्षमता थियो छ पनि । १ साता हामीले कु¥यौ त्यो बेलाससम्म न रेगुलेटर बोल्यो न अरु नै । त्यसपछि सबैले सोचेर सहमतीमा पुगियो । नयाँ बैंकहरुलाई के परेको थियो भने व्याज पुराना बेंकले बढाउँदैनन् अनी नयाँ बैंकमा आउँछ रैछ ।


तपाँईले १३ प्रतिसत व्याजदर नयाँ बैंकलाई च्यालेन्ज दिन ल्याउनु भएको हो ?

म पनि नविल बैंकको नुन खाएको सिईओले पहिले त नविल बैंकको हित हेर्नुप¥यो नि । मेरो अर्वौ रुपैयाँ डिपोजिट अरु बैंकमा गएको त म हेर्न सक्दिन । त्यसको लागी केही स्टेप त मैले लिनै प¥यो । मैले अरुको तान्न खोजेको होइन मेरो नजाओस भन्ने सोच हो ।


तपाईले एनआइसि एसिया बैंकको प्रसंसा गरेको भनेर बैंकको बोर्डले प्रष्टिकरण सोधेको रे हो ?
होइन । मलाई मेरो बोर्डले कहिलेपनि प्रष्टिकरण सोधेको छैन । मिडियाबाजी अलि भयो । आजभन्दा ७/८ वर्ष अगाडी एनआइसि एसयिा बैंक कहाँ थियो र आज कहाँ छ । नविल बैंकसँग भएको जुन संस्थाले राम्रो गरेको छ त्यहाँबाट नसिके त्यो भन्दा राम्रो हामीले कसरी गर्न सक्छौं त ? एनआइसि मात्रै होइन अरु धेरैबाट सिक्नुपर्छ राम्रा कुरा ।


अन बैंकहरुमा नविल र एनआइसिको प्रतिस्प्रर्धा हो ?
होइन, प्रतिप्रष्र्धा २८ ओटै बैंकसँग छ । नाफामा नविल १ नंबरमा होला । क्यापिटलमा कति बैंकको १०/१२ अर्व पुगिसकेको छ । हाम्रो ९ अर्व छ । साखामा हेर्नुहुन्छ भने अरुको ठुलो नेटवर्क छ कर्मचारीमा त्यस्तै छ । डिपोजिट र लोनमा पनि अरु बैंकले जितिसके । अव नलिको च्यालेन्ज के छ भने आउने दिनहरुमा क्यापिटल जसको ठुलो छ अरु इण्डीकेटर मा कोही अडाडी होलान । अव साना ठुला होइन सबै बैंकको सबैसंग प्रतिप्रर्धा हुन्छ । अव १/२ घोडे दौड होइन २८ ओटा घोडा दौडेको छ । नविलको घोडामा जुन पुर्णता अरु घोडामा छैन । सबै कुरामा पुर्णता नविलमा जत्तिको अरुमा छैन ।


प्रोफिटमा नं १ कहिलेसम्म रहन्छ नविल बैंक ?
अहिलेको क्वाटरमै राष्ट्रिय बाणिज्य बैंक र कृषि विकास बैंकले ठुलो प्रंोफिट निकालेका छन ।

नविल आएपछि खास नयाँ काम के के गर्नुभयो ?
बाहिर नयाँ कुरा गर्ने भन्दा पनि भित्र नयाँ कुरा गर्नुपर्छ । भित्री नयाँ काम के ग¥यो भन्दा पनि कोर बैंकिङ स्टमलाई अपग्रड गरिराखेका छौं । ब्रान्च खोल्ने काममा तिब्रता दिइराखेका छौं । बेंकको स्टक्चरनै नयाँ चेन्ज गर्नेतिर लागेका छौं । नयाँ कार्ड र डिजिटल बैंकिङको स्कीम ल्याएर युवाहरुलाई आर्कषित गर्नेतर्फ लागेका छौं ।


तपाईले नविल र मेगा बैंक मर्जरको प्रयास गरेको चर्चा थियो नि ?
मेगा र नविलको मर्जरको चर्चा थियो तर चर्चामा सत्यता थिएन । नविल बैंकले राम्रो पार्टनर पाएमा मर्ज गर्ने गरी हेरीरहेका छौं । नविल बैंक ज्वाइन भेञ्चर बैंक हो जसको ५० प्रतिसत पार्टनर विदेशी लगानी छ । उहाँहरुको भनाई के छ भने मर्ज गरेपनि जे गरेपनि ५० प्रतिसत लगानी घट्नुहुन्न भन्ने साझेदारको भनाइ छ । हामीले त्यै भएर राम्रो संस्था मर्जर होइन एक्युजिसन हेर्नुप¥यो । मेगा एकदम राम्रो बैंक हो अरु पनि हेरिरहेका छौं । मर्ज भन्दापनि अर्गानिक ग्रोथबाट गर्न सकिन्छकी भनेर हेरिरहेका छौं ।


नविल बैंकका पुराना कर्मचारीहरु धमाधम रिटार्यर हुँदैछन के अव व्यवस्थापनमा प्रभाव पर्ला ?
हामीले १ वर्ष कर्मचारी लिएर २० वर्ष नलिएको होइन । हरेक वर्ष लिइराखेका छौं । पिपलको रुख आज रोप्यो भने २० वर्ष लाग्छ ठुलो हुनको लागी । जति पैसा फालेपनि त्यो पिपल भोलीनै ठुलो हुदैन अनुभव पनि त्यै हो । जति विज्ञापन गरेर होडिङ बोर्ड टाँसे पनि अनुभव किन्न पाइदैन । बजारबाट हामीले ट्यालेन्ट मान्छेहरु लिइराखेका छौं ।


फेरी तरलताको समस्य यसवर्षपनि दोहोरिने हो ?
गत वर्ष तरलताको संकट सबै बैंक वित्तिय संस्थालाई भएको थियो यो वर्ष कुनैलाई भएको छ कुनैलाई भएको छैन । अहिले नविल बैंकको सिसिडी रेस्यो ७४ प्रतिसत छ । हामीलाई तरलताको समस्या छैन । बैंकिङ क्षेत्रमै तरलताको समस्या छैन भन्न सक्दिन म । कुनै कुनै संस्थालाई तरलताको समस्या एकदमै छ । यो वर्ष अलि फरक समस्या आयो कुनै संस्थालाई बढी कुनैलाई कम कुनैलाई छैन । अव क्रमिक तरलताको समस्या समाप्त भयो । आउने वर्ष सरकारले खर्च गर्न सुरु गरिसकेको छ अव यस्तो समस्या आउँदैन ।


व्याजदर अझै बढ्ने संभावना कत्तिको छ ?

भद्र सहमतीलाई याही राख्न दियों भने व्याजदर बढ्दैन । हामी सबै जनाको प्रयासचाँही सहमतीमै राख्ने छ ।


तत्काल कर्जाको व्याजदर घट्छ ?
घट्छ होला राष्ट्र बैंकले वेस रेट म्यजरमेन्ट स्प्रेड म्याजरमेन्टको क्याल्कुलेसन फरक ल्याउनुभएको छ विस्तारै घट्छ ।


प्रतिक्रिया दिनुहोस्