हाम्रो जनसंख्यालाई हेर्ने हो भने बैंकको संख्या धेरै हो « Arthapath.com
१ मंसिर २०७६, आईतवार

हाम्रो जनसंख्यालाई हेर्ने हो भने बैंकको संख्या धेरै हो



ज्ञानेन्द्र ढुङ्गाना

सिईओ, नेपाल बंगलादेश बैंक लि.
अध्यक्ष, नेपाल बैंकर्स संघ

यही ग्रोथमा पनि १०/१५ प्रतिसत रिर्टन दिन सकिन्छ ।


बैंकर्स संघको निर्वाचन हुँदै छ के छ तयारी ?


यो साधारणसभाबाट २ वर्षे पदावधी सकिन्छ । इच्छुक साथीहरु रोल क्रममा हुनुहुन्छ । सल्लाह गर्दै छौं ।


तपाँई पुन दोहोरिने चर्चा छ नी ?
त्यो हल्ला मात्रै हो र दोहोरिने मेरो इच्छा पनि छैन । अध्यक्ष भएर संघलाई हाक्न सक्ने साथीहरु धेरै हुनुहुन्छ । अरु साथीहरुले इच्छा देखाउनुभएको छ ।


तपाईलाई एक कार्यकाल नेतृत्व लिन दवाव छ भन्ने सुनिन्छ नि ?
साथीभाईहरुको दवाव होला तर विगत २ वर्षदेखी बजारमा लगानीयोग्य फण्डको अभाव भयो । लगातार २ वर्षसम्म व्याजदरमा चाप परिरहेको हुनाले धेरै कामहरु भए । हामी २८ ओटै बैंकहरुले प्रतिवद्धता जनाएर व्याजदर नबढाउने सहमती ग¥यौं । मैले अफ्टेर अवस्थामा नेतृत्व लिएकाले दोहोरिदिए हुन्थ्यो भन्ने होला । अरुले पनि सक्नुहुन्छ नि । बैंकर्स संघमा दोहो¥याउने प्रचलन छैन । मेरो इच्छा छैन ।


अहिलेको उपाध्यक्ष विदेशी भएकाले अध्यक्ष नदिने चर्चा पनि छ नि ?
मैले त्यस्तो कुरा सुनेको छैन । विदेशी हुनाले फरक पर्ने हुँदैन विगतमा पनि भएकै छ । मात्रै समस्या के भने नेपाली भाषामा धेरै मिटिङ बस्नुपर्ने हुनाले समस्या हुन्छ की भन्ने हो । त्यस्तो अवस्थामा अर्को कोहीलाई नोमिनेट गर्न पनि सकिन्छ ।


बंगलादेश बैंकको ग्रोथ त एकदमै सुस्त देखियो नि ?
अरु बैंकहरु मर्जर एक्युजिसनमा जानुभयो । हाम्रो ज्वाइन भेन्चर पार्टनरले अग्र्रानिक ग्रोथमा जाने मन्ने निती लियो । अन्यथा त्यस्तो होइन नर्मल हुनुपर्ने २०/२२ प्रतिसतको ग्रोथ छ ।


नौं वर्ष एउटै बैंक हाँक्दा पनि देखिनुपर्ने ग्रोथ देखिएन भन्ने छ नि ?
धेरै एग्रेसिभलीप् नजाने प्लान अनुसुारै हामी अगाडी बढेका हों । नेचुरल ग्रोथमा जाने निती अनुसारै अगाडी बढेका हौं । यही ग्रोथमा पनि १०/१५ प्रतिसत रिर्टन दिन सकिन्छ ।


रिर्टनको प्रेसर कत्तिको छ ?
कामको प्रेसर हुन्छ । प्रेसर सर्वसाधारण सेयरहोल्डर्स, प्रमोटर्स, स्टाफहरुको र बजारको आफ्नै खाले प्रेसर हुन्छ । यो बेलामा धेरै एग्रेसिभ जान हुँदैन भनेर स्टाटेजी नै त्यस्तै बनाएको हो ।


यही रिर्टनमा कति समय धैर्य गरेर बस्छ यो बैंक ?
राष्ट्र बैंकले मर्जरमै जानुपर्छ भन्ने निती ल्यायो भने त जानै पर्छ । हामीले पनि हालै ज्वाइन भेन्चर पार्टनरको सहमतीमै मर्जर कमिटी गठन गरेका छौं । त्यो मर्जर कमिटिको बैंठक बसेर प्लान बनाउँछ ।


फोर्स मर्जरमा जानको लागी हो ?
होइन भोलेन्टरी मर्जरमा जानको लागी पनि के कस्ता उपाय अपनाउन सकिन्छ । कस्तो मर्जरमा जाने भन्ने छलफल मर्जर कमिटिबाटै हुन्छ मैले अहिल्यै भन्न सक्दिन ।


फोर्स मर्जर संभव छ ?
फोर्स मर्जर कानुनी हिसावले जटिल छ । अर्थ मन्त्रालय, नेपाल सरकार र राष्ट्र बैंकको चाहना के हो भन्ने पनि बुझ्नुपर्छ । सरकारले पोर्स मर्जरमै जानेगरी पोलिसि ल्यायो भने हामी यही बसेर व्यावसाय गर्नेले सहयोग गर्नुपर्छ ।


बाणिज्य बैंकको संख्या धेरै भएको हो ?
राष्ट्र बैंकको बुझाइमा वाणिज्य बैंकको संख्या अलि धेरै नै भएको भन्ने हो । जसले गर्दा अनफेयर कम्पिटिसनहरु भए । संख्यामा केही कमि आइदियो भने सहज हुन्छ । इकोनोमीको साइज र हाम्रो जनसंख्यालाई हेर्ने हो भने बैंकको संख्या धेरै हो ।


विकास बैंक र वित्त कम्पनी धेरै नै घटे वाणिज्य बैंक घटेन नि ?
वि र सि वर्गका धेरै वित्तिय संस्थाहरु मर्जरले कम भए तर क वर्गको चाँही एउटा मात्रै कम भएकोले क वर्गको संख्या घटाउन मनिटर पोलिसिले फोकस गरेको देखिन्छ ।


तपाईको विचारमा वाणिज्य बैंक कति चाहिने हो त ?
२८ ओटाबाट झरेर २० ओटामा आयो भने पनि धेरै एचिभमेन्ट हुन्छ जस्तो लाग्छ ।


नयाँ बाफियाले पुराना सिईओ हटाउनेगरी आएको जस्तो देखिन्छ नि ?

त्यस्तो होइन २ कार्यकालको कुरा पहिले पनि थियो नि । अहिलेको पदावधी सकिएपनि एउटै संस्थामा थप काम गर्न नपाउने भन्ने पहिले पनि थियो नि । अहिले केही थप भएको छैन । उमेर हद नयाँ कुरा आएको छ । ड्राफ्टनै भएको बाफियामा के छलफल गर्नु । कानुन जुन हिसावले आउँछ मान्नुपर्छ ।


वाफिया संसोधन गर्न बैंकर्ष संघ लागिपरेको हो ?
कानुन संसोधन गर्ने कुरामा हामी लागीपर्दैनौं । अफ्ट्याराहरु भए संस्थोधन गर्नतिर लाग्ने हो कानुनै आएको छैन के संसोधनको कुरा गर्नु ।


बैंकर्ष संघले संचालकहरुको हितमा काम गर्न नसकेकाले अध्यक्षहरुको पनि संगठन जन्मियो होइन ?
मैले पनि कतैकतै सुने अध्यक्षहरुले पनि बेला बेलामा आफुलाई अपडेट राख्नुप¥यो । वित्तिय क्षेत्रमा के कस्ता अफ्ट्याराहरु छन उहाहरुको पहुँच र हाम्रो पहुँच फरक हुन्छ । अध्यक्ष भनेको वोनर हो हामीत कर्मचारी न प¥यौं । संचालकहरु संगठित हुनु स्वभाविक हो । हामी कर्मचारीका आफ्ना लिमिटेसन हुन्छन । लगानी गरेको छ यती धेरै लगानीकर्ताकले पनि ओनरसिप लिन त खोज्छ नि । यो क्षेत्रका समस्याहरु समाधान गर्न संस्था जन्मीयो भनौं न । यसलाई मैले पोजेटिभनै लिनुपर्छ ।


तपाईले २ करोड धितोमा १० करोड कर्जा दिएको कुरा सत्य हो ?
त्यो गतल कुरा हो । मैले दिएको व्यावसायिक लोन हो । व्यापारमा के हुन्छ भने स्टक रिसेवल, व्यापामर व्यावसाय आफैमा थितो हो नि । थप धितोको रुपमा हामीले जग्गा जमिन लिने हो । यस्ता कर्जाहरु धितो नलिइ पनि दिन सकिन्छ तर हामीले थप धितो लिएका हौं । हाइड्रोपावरमा के धितो हुन्छ र खोला बन धितो हुन्न । त्यो लोनमा १५/२० करोडको धितो छ । सुरक्षित छ ।


तपाईले आफ्नै बैंकको सर्वसाधारणबाट जितेका संचालक दिपक कार्कीलाई हटाउन राष्ट्र बैंकमा उजुरी दिएको चर्चा छ नि ?
यो गलत कुरा हो हुनै सक्दैन ।


विग मर्जरको कुरा सेलाएको हो ?
सेलाएको छैन, राष्ट्र बैंक के गर्ने भनेर सोच्दै होला । हामीलाई २÷३ पटक सोधियो । राष्ट्र बैंक आन्तिरीक गृहकार्यमा जुटिरहेको होला । मर्जर आफैमा जटिल इस्यु भएकाले भन्ने वित्तिकै सहज पनि हुँदैन । राष्ट्र बैंकले आफ्नो होमओर्क जारी राखेको छ जस्तो लाग्छ ।


ब्ंगलादेश बैंकको लाभांस घटिरहेको छ । हकप्रद दिने भनेर १५ सय पुगेको सेयर २ सयमा आयो लगानीकर्ताले त गुमाए नि हैन ?
त्यति खेर बोनस सेयर र राइट सेयरको कारणले बढेको थियो । त्यसलाई कन्सिडर ग¥यो भने कम भएको छैन । ओभरल मार्केटनै कम भएको हो । २ अर्वको पुँजी ८ अर्व पुगेपछि एउटै खाले ग्रोथ भैरहन्छ भन्ने छैन । पोहोर साँढे १० दिएको यस वर्ष १२ प्रतिसत हुँदै अर्को वर्ष १५ को टार्गेड हो । ठुलो पुँजीको बैंक भैसकेपछि मर्ज गरेर दिनेको जस्तो डिभिडेन्ट पक्कै सकिन्न हामी त नेचुरल ग्रोथमै जाने हो ।


तपाईले केही नया बेंक र एनआइसी एसिया बैंकलाई कार्रवाही गर्न व्याजदरमा सहमती गराएको आरोप छ नि ?
होइन यो लगत कुरा हो । हामी सबैले बजारमा व्याजदर बढ्दा अर्थतन्त्रलाई अत्यधिक नोक्सान हुन्छ । एनआईसि एसियाले बजारमा नयाँ प्रोडक्टहरु ल्याएर नयाँ नयाँ काम पनि गरेको छ नि । हामीले एनआईसि एसिया बैंकबाट सिक्नुपर्ने कुरा पनि धेरै छन । बजारमा नयाँ नयाँ काम पनि गरेको छ । किसिमले काम गर्नकमो लागी आधुनिक हामीले एनआइसी एसिया बैंकबाट पनि धेरै कुरा सिन्क सकिन्छ ।


फेरी व्याजदरका सहमती तोडिने संभावा छ ?
बजार स्थीर भैसकेपछि आफैले तय गर्छ । व्याजदरमा बजार आफैले करेक्सन गर्ने हो । फेरी अत्यधिक व्याज बढेर गएर १५ प्रतिसत निक्षेपको हुने अनि कर्जाको व्याज २० प्रतिसतको हाराहारीमा पुग्ने अवस्थामा त कसैलाई पनि फाइदा हुँदैन । बजारमा लगानी योग्य रकम धेरै हुनुपर्छ । यी कुरा बारम्बार नेपाल सरकार, राष्ट्र बैंकसँग गरिराखेका छौं । बैदेशिक लगानी, बैदेशिक ऋण र सरकारले गर्ने विकासका खर्च समयमै गरेपछि लगानीयोग्य रकमको अभाव हुँदैन । त्यसपछि व्याजदरमा सहमती जरुरी छैन ।


तरलतको संकट कतिन्जेल रहला ?
यो कुरा हामीले विगतदेखी नै क्षणिक भन्दै आयौं तर निक्कै लामो समय गयो । विगतको जस्तो जटिल परिस्थीति त नआउला । अहिले पनि पनि फष्ट भन्दा सेकेण्ड क्वाटर टाइड हुँदै आएको छ तर गत वर्ष जस्तै छैन ।


कर्जाको व्याज कहिले घट्छ ?

अहिले पनि कर्जाको व्याजदर क्रमिक रुपमा घटिरहेको छ । सबै बैंककहरुको अहिले हेर्दा ११÷१२ प्रतिसतमा छ । विगतमा १४÷१५ प्रतिसतमा थियो । राष्ट्र बैंकले नयाँ स्प्रेडदर पनि ल्याइसकेको छ । आगामी असारबाट नयाँ स्प्रड गणना हुने वित्तिकै अझै कर्जा सस्तो हुन्छ ।


नयाँ स्प्रेड गणना विधि र वफरमा तपाईले सुरुमा विरोध गर्नुभएको थियो, पछि राष्ट्र बैंकको दवावमा चेन्ज हुनुभयो हैन ?
स्प्रेडको नयाँ गणना विधि बैंकिङ क्षेत्रको विजनेशको लागी ठुलो अषर गर्ने चिज हो भनिरहेका छौं । डाइरेक्ट प्वाइन्ट १ घटेपनि धेरै अषर गर्छ । किनकी बैंकहरुको खर्च बढिरहेको छ । यो स्प्रेडले बैंकको प्रोफिट कम हुनछ भनेर बैंकहरुलाई बारम्बार भनिरहेका छौं । अझै मैले भनिरहेको छु ।


प्रतिक्रिया दिनुहोस्