४० ओटा लघुवित्तको फाइल खोल्दै नखोलि रद्ध गरिसक्यौं « Arthapath.com
१५ पुष २०७६, मंगलवार

४० ओटा लघुवित्तको फाइल खोल्दै नखोलि रद्ध गरिसक्यौं



चिन्तामणी शिवाकोटी, डेपुटी गभर्नर, नेपाल राष्ट्र बैंक

अरु गभर्नरको दावेदार भन्दा राष्ट्र बैंकको बारेमा म बढी जानकार छु ।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी सिवाकोटी भलाद्मी स्वभावका व्यक्ति हुन । ४ वर्ष अघि सरकारले सिवाकोटीलाई डेपुटी गभर्नर नियुक्ती गर्ने बेलामा उनको नाम चर्चामै थिएन । झापाका स्थाई बासिन्दा भएकाले केपी ओली प्रधानमन्त्री भएकै वखत सिवाकोटी डेपुटीमा नियुक्त भए । अहिले उनिसंगै डेपुटी भएका शिवराज श्रेष्ठलाई सरकारले कार्रवाही गर्ने भन्दै निलम्बन गरेको छ । अवको २ महिनापछि नियुक्त हुने गभर्नर पदमा सिवाकोटीको नाम स्वत सिफारिस हुनेछ । र उनिले अन्तिमसम्म गभर्नरको दौडमा रहनेछन । राष्ट्र बैंककमै ३२ वर्ष सेवा गरेकाले उनि आफुलाई स्वत दावेदार ठान्छन । प्रधानमन्त्रीकै जिल्लावासी र पुर्व एमालेको राजनितीमा समेत लागेकाले सिवाकोटी गभर्नर हुनेमा विश्वस्त छन । उनै सिवाकोटीसंग बिहिबार गरेको कुराकानकिो सारअंस ः–

तपाई राष्ट्र बैंकको डेपुटी भगर्नर भएको पनि ४ वर्ष पुग्न लाग्यो । राष्ट्र बैंकको सेकेण्ड लेवलमा बसेर हाक्दा कस्तो लागिरहेको छ ?
राष्ट्र बैंककमा हामी डेपुटी गभर्नर नियुक्त हुँदा भुकम्पले क्षत विक्षत भएका भवनहरु थिए । जसले गर्दा हामीलाई दैनिह कार्यसंचालनमै धेरै गाह्रो अवस्था थियो । विभिन्न हण्डर खाँदै कार्यालय स्थानान्तरण गरेर संचालन गर्दै आएका थियौं । पुराना भवनहरुमा केही अफिसहरु थिए ति भवनहरु भत्काएर नयाँ भवन बनाउनुपर्ने थियो । राष्ट्र बैंक टक्सार विभाग रहेको जग्गा धरहरा प्रयोजनको लागी सरकारले लिने भन्ने कुरा आए । सुन्धारस्थित टक्सार विभागका कामपनि अन्त गएर गर्नुपर्ने अवस्था आए । यी सबै चुनौतीलाई चिर्दै हामी राम्रो ढंगले अगाडी बढेका छौं ।
राष्ट्र बैंकको डेपुटी गभर्नर भएर के पाउनुभयो भन्दा संगिन घडिमा हामी नियुक्त भएकाले बजारमा अनेकखाले च्यालेन्जसंग जुध्न पायौं । विभिन्न फाइनान्सीयल चुनौतीले अनुभवी बनाइदियो र अझै आफुलाई खारिन पायौं । राष्ट्र बैंकले सुन्नुपर्ने व्यावसायीका कुरा, उद्योगपतिका कुरा, व्यापारीका कुरा सुन्नुपर्ने र सबैका माग पुरा गर्नुपर्ने भएकाले अएउटाको काम पुरा गर्दा अर्कालाई हानी हुने । व्याज घटाउदा व्यापारी लोन लिनेलाई फाइदा हुने तर डिपोजिटरलाई मर्का पर्ने रहेछ । सबैलाई मिलाएर सन्तुलनमा ल्याउन गाह्रो पर्ने रहेछ । डेपुटी गभर्नर भएपछि धेरै कुराको एक्पोजर भयो ।

बजारमा देखिएका च्यालेन्जहरु अझै बाँकी छन कि सकिए ?
बाँकी छन । नयाँ च्यालेन्जहरु थपिनेक्रम जारी छन । नितिनियमहरु बजारको आवश्यकता अनुसार बनाउनुपर्ने र थप्नुपर्ने हुँदोरहेछ । अहिले बैंकिङ क्षेत्रमा फ्रडका केसहरु थपिएका छन । यो चुनौतीको रुपमा आएको छ । हामीले यसलाई कसरी न्युनिकरण गर्न सकिन्छ भनेर लागिरहेका छौं ।

तपाईसंगै डेपुटिमा नियुक्त हुनुभएका शिवराज श्रेष्ठ कार्रवाहीको लागी सिफारिस हुनुभयो नि ?
के कारणले कर्रवाहीको हुनुभएको भन्ने कुरा जगजाहेरै छ । नेपाल सरकारले उनलाई कार्रवाहीको सिफारिस गरेको छ । सरकारले नियुक्ती गर्ने सरकारले हटाउने कुराहाम हामीले टिकाटिप्पणी गर्नु सान्र्दभिक हुँदैन जस्तो लाग्छ ।

टिमवर्कमा काम गर्दा एकजना व्यक्ति मात्रै पर्ने हुन्छ र ?
टिमवर्कमा काम गरेकाको हकमा सबै टिमनै जवाफदेही हुन्छ । कतिपय व्यक्तिगत हैसियतले गर्ने कामहरु पनि हुन्छन । व्यक्तिगत हैसियतमा मैले कुनै बदमासी गरेँभने त्यसको जिम्मेवारी म आफै हुनुपर्छ । दोष पनि काम गर्ने क्रममा नजानेर गरिएको हो वा खराव मनसायले गरिएको हो त्यसलाई हुर्नुपर्छ । संगै काम गरेको साथी मलाई दुःख लागेको छ । समकक्षी मित्रलाई कार्रवाही हुँदा दुःख लागेको छ तर पनि सरकारले गरेको हुनाले टिका टिप्पणी गर्न मिलेन । फाइलहरु उठ्ने सन्र्दभमा टिपवर्क हुन्छ । फाइलहरु तलैदेखि फष्ट क्लासले लेख्ने सेकेण्ड क्लासले लेख्ने हुन्छ र सबैले सिफारिस गर्दै आउने कुरा हुन्छ । यी कुरामा पनि फरक फरक राय हुने वा एउटै हुने पनि हुन्छन । सबै कुरामा सबैको एउटै हुन्छ भन्ने छैन ।

नेपाल राष्ट्र बैंकले लिएको कर्जरमार्फत बाणिज्य बैंकको संख्य घटाउने त्यो सफल हुन सकेन नि ?
हामीले मर्जर नितीबाट बाणिज्य बैंकको संख्या यतीमा ल्याउने भन्ने अफिसियल कुनै निती निर्णय पनि छैन । खाली मर्जरबाट बैंक वित्तिय संस्थाको संख्य घटाउने भन्ने हो । १ सय ७८ ओटा संस्था मर्जरबाट १ सय ३६ ओटामा झरेका छन ४२ ओटा संस्था बिलय भएका छन । मर्जर निती सफल भएको छ यसबाट हामी उत्साही भएका छौं । यती हुँदाहुँदै मेजर प्लेयर भनेको बाणिज्य बैंकको संख्याचाँही घटेन भन्ने कुरा हो । फोर्स मर्जरबाट कसैलाई बाध्य पारेर लैजान नचाहेकै हो । मर्जरको लागी राष्ट्र बैंककले इन्करेजमात्रै गरेको हो र त्यसको लागी केही इन्सेन्टिभहरु थप्दै लगेको छ । भोलीका दिनमा मर्जरका लागी अझै इन्करेज गरिन्छ त्यती गर्दापनि भएन भने राज्यले कुनैबेला फोर्स मर्जर पनि ल्याउन सक्छ । हामी त भर्खर २ अर्वबाट ८ अर्व पुँजी पु¥याउनै सकस थियो । अव सबैले ८ अर्व पुँजी पु¥याएर विजनेश गरिरहेको अवस्थामा फोर्स मर्जर जरुरी थिएन । ८ अर्व पुँजीले काम गर्न सक्ने नसक्ने भएपछि काम गर्न नसके मर्जमा जानुको विकल्प छैन भन्ने लाग्छ । अहिले मनमिल्ने पर्टनर खोज्नको लागी प्रेरित गरेका हौं भोली फोर्स मर्जर आउँदा समस्या आउन सक्छ । सकेसम्म उदार अर्थतन्त्रमा फोर्स मर्जर लागुगर्न चाहदैनौं ।

बैंकहरुको संख्या घटाउने भन्ने अर्कोतर्फ लघुवित्तको लाइसन्स पनि बाँडिरहने यो कतिन्जेल रहन्छ ?
पहिलाको जस्तो ओपन लाइसन्स छैन हामीले २ वर्ष अगाडीनै लघुवित्तको लाइसन्स लिन रोकी सकेका छौं । थप लाइसन्सको लागी निवेदन नलिने भनेका छौं । अगाडीनै निवेदन परेकाको सन्र्दभमा जसको फाइलहरु अगाडी थिए तिनीहरुलाई प्रक्रियमा लैजाने भन्ने थियो । ४० ओटा लघुवित्तको फाइल खोल्दै नखोलि रद्ध गरिसक्यौं । विगतमै फाइल आउक तर केही डकुमेन्ट नपुगेकाको हकमा लाइसन्स दिएका हौं । त्यस्ता १९ ओटा संस्थाहरु थिए डकुमेन्ट नमिलेकालाई ३५ दिनको सूचना निकालेर टाइमभित्र डकुमेन्ट पु¥याउनुस भनेकोमा जम्मा ८ ओटा संस्थाहरुको आवेदन परेको छ । प्रक्रियामा रहेका ८ ओटा लघुवित्तले थप लाइसन्स पाउँछन । अहिले भएको ९१ म ८ ओटा थपिनेछन । ९१ मध्ये एउटा अस्ति मर्ज पनि भैसक्यो । आगामी दिनमा लघुवित्तको लाइसन्स दिन्नौ र घटाउँदै लगेर ३०/३५ ओटामा ल्याउँछौं ।

२/३ करोड पुँजीको लघुवित्तलाई लाइसेन्स दिएर कस्तो संस्था बनाउने ?
त्यै भएर हामीले लघुवित्त संस्थालाई मर्ज गराउँदै लैजाने भनेका छौं । पहिलेको नियम अनुसार २ करोडमा पनि लघुवित्त खुल्न सक्थे । अहिलेनै ४०÷५० करोड भन्यो भने उनिहरुले पु¥याउनपनि सक्दैनन् । अहिले सबैजसो बैंकहरु आफैले लघुवित्त खुलेका छन तिनिहरुले रिर्सोस पनि पाउँदैनन् । लघुवित्तमा मर्जर नितीमार्फत अगाडी बढ्छौं । लघुवित्तको पुँजी बढाउने काम बाँकी छ ।

राष्ट्र बैंकले ठुला व्यापारीका बैंकलाई छुट दिने र साना नयाँ बैंकलाई पेल्ने गरेको गुनासो सुनिन्छ नि ?
त्यस्तो त कदापी हँुदैन । कसले कुन बैंक चलाएको छ भन्ने भन्दा पनि प्रोभिजनिङ पहिलो त हाम्रो कार्यविधी निरिक्षण नियामावली अनुसार जान्छौं । साना प्रोभिजनमा हामीलाई समस्या छैन ठुलो कारोवारको प्रोभिजनमा तत्काल स्टममै समस्या आउनेभएकाले ६ महिना वा १ वर्ष समय रिल्याक्सेसन दिने पनि गरेका छौं । त्यो समयमा उठाउन सकेन भने उसले प्रिपिएर भएर बस्नुपर्छ । प्रोभिजन गर्छौ तर समय दिन्छौं ।

राष्ट्र बैंकले जतिनै प्रेसर गरेपनि बैंकहरुले सहुलियतपुर्ण कर्जा दिएका छैनन् नि ?
सहुलियत कर्जामा बैंकहरु उदाशिन भएकै हो । शुरुमा यसका कार्यविधी मिलेनन् भन्ने थियो । अहिले हामीले संबोधन गर्ने कुराहरुमा संबोधन गरिसकेका छौं । अहिले बैंकहरुलाई असार मसान्तसम्म यती पु¥याउनुस भनेर टार्गेड पनि दिएका छौं । अव बढ्ने संकेत देखा परेको छ ।

बैंकहरुलाई माइक्रो कर्जा पनि प्रवाह गर भन्ने उनिहरुकै लघुवित्त पनि खेल्न दिने यो त कुरा बाझिएन ?
लघुवित्त कम्पनीको कर्जामा ५÷७ लाखको लिमिट हुन्छ । सानो स्केलको कर्जा हुन्छ १०÷१५ लाखको कर्जा लघुवित्तले हत्तपत्त गर्दैनन् । ठुला बैंकहरुले ठुलो कारोवारमा मात्रै जान्छन भनेर एसएमईलाई फोकस गरेका छौं ।

बाफियामा सिईओको कार्यकाल हाललाई एक कार्यकाल मानेर संसोधन हुदै छ रे यसमा राष्ट्र बैंककले कत्तिको अडान लिन्छ ?
यसरमा राष्ट्र बैंककले अडान लिने नलिने भन्ने सवालनै रहदैन । राष्ट्र बैंककले बाफिया अर्थ मन्त्रालयलाई पहिलेनै बुझाएको हो । कानुन मन्त्रालय विभिन्न कमिटिमा छलफल हुँदै संसदमा टेवल हुन्छ । संदसमा पेश हुने बेलामा राष्ट्र बैंकलाई बोलाइयो भने हामीले कुरा राख्ने हो । होइन भने सरकारले आफ्नो ऐन बनाउने कुरा हो । क्याविनेटबाट गएका कुरालाई सम्मानित संसदले कानुन बनाउने हो । संसदमा के के कुरा थप घट हुन्छ भन्ने कुरामा हाम्रो दवाव रहँदैन । हामीले सोधनी भएको खण्डमा त्यसका कारण औचित्य पुष्ट्याई गर्छौं । ऐन संसोधन हुनुपर्छ भनेका छौं । केही विसंगतीहरु सृजना भएका छन । त्यसलाई व्यवस्थापन गर्न अहिले भएन भनेपनि आगामी दिनका संसोधनमा प्रयत्न गरिरहन्छौं ।

२ महिनापछि खाली हुने गभर्नर पदको दौंड पनि सुरु भएको छ । गभर्नर पदको दौडमा तपाई कहाँ हुनुहुन्छ ?
मैले त दौडनै पर्दैन । म त स्वभाविक भावी गभर्नरको दावेदार हुँ । कुनैपनि संस्थामा त्यही संस्थामा काम गरेको व्यत्तिलाई दिँदा राम्रो भएका छन । बाहिरकाबाट ल्याएर भन्दा त्यै संस्था बुझेकालाई दिँदा राम्रोसंग बुझेका हुन्छन । म राष्ट्र बैंकमा ३२ वर्षदेखी छु । २०४४ सालमा प्रधान सहायकबाट आज डेपुटी गर्भनरहुँदासम्म यही सेवारत छु । राष्ट्र बैंकबाटै उच्च शिक्षा अध्यायनको लागी अमेरिका पढ्न गएको थिएँ । हामीसंगै धेरै साथिहरु गएकाहरु उतै सेटल भए । हरेक ५÷५ वर्षमा आन्तरीक लिखित प्रतियोगिताबाटै प्रमोसन पाउँदै याहासम्म आइपुगेको छु ।
अहिले डेपुटी भएर गभर्नरको २४ पटक विदेश भ्रमणहुँदा कामु भएर सम्हालेको छु । अरु दावेदार भन्दा राष्ट्र बैंकको बारेमा म बढी जानकार छु । जानेकैलाइ दिँदा राम्रो हुन्छ भन्ने लाग्छ । म यै ठाउँमा भएकाले माथी जानखोज्नु स्वभाविक हो । ऐनले डेपुटी गर्भनरसहित ३ जनाको नाम सिफारिस हुन्छ भनेको छ । म सिफारिसमा पर्नेकुरामा दुई मत छैन । सरकारले मलाई नभई अरुलाई युपयुक्त छान्ने हो भने यसमा मेरो कुनै आपत्ति छैन । सरकारले सोच्ने कुरा हो ।

सभामुख र गभर्नर पद दुई अध्यक्षविच भागवण्डा भएको चर्चा छ नि ?
त्यो चर्चा पत्रपत्रिकामा आउने मात्र चर्चा हुन जस्तो लाग्छ । पार्टी एक भैसकेपछि त्यसरी भागण्डा गर्नुपर्छ जस्तो मलाई लाग्दैन । फेरी पनि मै मात्रै हुनुपर्छ भन्ने पनि छैन पद सबैलाई भागवण्डा पु¥याउनुपनि पर्ला । सरकारले गर्ने कुरा हो कसलाई दिदाँ राम्रो हुन्छ सरकारले सोच्ने कुरा हो । संस्थको बारेमा जाने बुझेकोलाई दिनुपर्छ भन्ने लाग्छ ।

तपाईलाई सरकारले गभर्नर किन नियुक्त गर्ने ?
अनुभवी ऐनले तोके अनुसारको योग्यता छ । विदेशको डिग्री पनि छ । २०५० सालमै अधिकृत भएको मान्छे । ६१ सालमै फष्टक्लास भएको हो । कामु गभर्नर भएर पटकपटक राष्ट्र बैंक हाँकेको छु ।


प्रतिक्रिया दिनुहोस्