‘फर्निवर्ल्ड नेपालको एक नम्बर फर्निचर ब्राण्ड हो’ « Arthapath.com
१९ फाल्गुन २०७८, बिहीबार

‘फर्निवर्ल्ड नेपालको एक नम्बर फर्निचर ब्राण्ड हो’



लोकराज पाण्डेय, सीईओ, फर्निवल्र्ड प्रा.लि, केन्द्रिय कार्यालय–नयाँ वानेश्वर ।

फर्निवल्र्डले ग्राहक समक्ष ल्याएका प्रोडक्ट, सेवा–सुविधाको बारेमा बताइदिनुहोस् न ?

हामीले फर्निवर्ल्डलाई सुरु गर्दा पूर्ण रुपमा सोरुमबाट सामानहरु बेच्ने भनेर गएका थियौ । एकदमै गुणस्तर र बिक्री पछिको सेवा (आफटर सेल्स) दुइ ओटालाई ध्यान दिए सामान बजारमा ल्याएका थियौं । राम्रो सामान दिने र कसैको घरमा कुनै समस्या पर्यो भने तुरुन्तै विक्रिपछीको सेवा दिने गर्न थाल्यौ । दुइ चीजलाई फोकस गरेर अघि बढेका थियौं । यसो गर्दै जाँदा मान्छेहरुसँग कनेक्टिीभि बढ्दै गयो र ग्राहकको अत्यन्तै विश्वास बढेर गयो । मान्छेलाई घरमै डेकोरेशन गर्नुपर्ने, डिजाइन गर्नुपर्ने, साना साना समस्याहरु जस्तो लाइटहरुको समस्या पर्ने खालका समस्याहरु भेट्यौ । जसले हामीलाई ठुलो स्कोप आन्तरिक सजावट(इन्टेरियर)को देखायो । विगत ५ बर्ष यतादेखि इन्टेरियर डिजाइनिङको अलग बिभाग बनाएर काम गरिरहेका छौं ।

अहिले हामी दुइ लाइनमा काम गरिरहेका छौ । एउटा इन्टेरियर सर्भिस दिने । त्यो भनेको प्रोजेक्ट बेशिस काम हो । जस्तो एउटा कलेजको वा हस्पिटलको कुनै प्रोजेक्ट लिने । त्यसमा हामी लाइट, एसि, टायल, मार्बल, गे्रनहाइट, युपिभिसी, झ्याल ढोका, किचेन, रेष्टरुमको टाइलहरु, रेलिङहरु सबै गछौ । हाम्रो सर्भिस अहिले प्रोजेक्ट वरियन्टेडमा गयो । तपाइलाइ रेडि टु मुभ दिने । हाम्रो डिजाइन टीमले डिजाइन गर्ने । टेक्निकल टीमले काम गर्ने अनि पुरै हयान्डवभर गर्ने । बिक्री पछि समस्या आएका आफटर सेल्स टिमले सेवा दिने । चालु बर्ष हामीले १२८ भन्दा बढी एसी बेच्यौ, बिजुली पसल नभएपनि हामीले २ करोड भोलुममा बिजुली बेचेका छौ । त्यो विजुुली सामान बेचेको होइन् बिजली पसल हाम्रो होइन । प्रोजेक्ट वर्क हाम्रो हो । प्रोजेक्ट गर्दा त्यो गर्छौ । त्यसैले हामीले इन्टेरियर डिजाइनरमा सबै चिज डिजाइनीङ टु हयाडओभर गछौ । अर्को भनेको हजुरलाइ प्रोडक्ट मात्रै चाहियो । प्रोडक्ट सेल गर्नलाइ स्वरुम भयो । वाकिङ कस्टुमर जो पनि आउनुहुन्छ उहाँहरुलाई सामानहरु हाम्रो आउटलेट ३ (नया बानेश्वर, मध्य बानेश्वर र सामाखुसी) ठाँउमा छ त्यहाँबाट हामी सर्भिस दिन्छौ ।

फर्निवल्र्ड अरु यस्तै संस्था भन्दा के कुरामा फरक छ ?

बजारमा यस्ता थुप्रै संस्था छन् । नया बानेश्वरमै हेर्नुहुन्छ भनेपनि हामीलाई नै अनुसरण गरेर ५० भन्दा बढी फर्निचर होलान । हामी अरुभन्दा गुणस्तरमा फरक छौ । हाम्रो प्रतिस्पर्धा भनेको जो विदेशबाट सामान ल्याउनुहुन्छ एक किसिमले राम्रो सामान भएका व्यवसायीहरुसँग हो । विदेशबाट आयातित सामान हेर्दा राम्रा तर टिकाउ कम भएको पाएका छौं । हाम्रो सामान गुणस्तरमा उच्च र मुल्य पनि आयातित भन्दा तुलनात्मक रुपमा सस्तो दिनसक्छौ । आफुलाई चाहिने सामान आफै उत्पादन गर्ने हुँदा ग्यारेन्टी गर्न पनि मिल्यो । हाम्रो सामान कस्तो छ हामीलाई थाहा छ । अर्काको नबेच्दा खेरी त हामीले क्वालीटि बनाएका छौ भन्ने हामीलाई थाहा छ नि त ।

त्यसैले अरु भन्दा पृथक भनेको हामी अत्यन्तै गुणस्तरीय फर्निचर सामाग्री उत्पादन र विक्रि गर्छौ । तपाइको बजेट के छ र त्यसमा कति गुणस्तरिय दिन सकिन्छ भन्ने सोच्दछौ । हामी अर्काको सामान बेच्दैनौ । आफै बनाउँछौ, आफै बेच्छौ । समय मै सामानको ढुवानी गर्ने गर्दछौं । गुणस्तर, समयमा सामान ढुवानी र बिक्री पछि आवस्यक सेवा ( यी तिन कुरामा हामी सम्झौता गर्दैनौ ।

बजारमा सामान बेचेपछि मतलब नै नगर्ने ट्रेङ छ । सामान बेच्यो, नाफा भइसक्यो सिद्धियो । तर हामीले के गरेका छौ भने तपाइले सामान लानुभयो । ३ दिनपछि तपाइलाइ फोन सम्पर्क गर्छौ । हामीले त्यहाँ डेलिभरी गर्दा, राख्दा कुनै टुटफुट वा ड्यामेज पो भयो कि ? ठुला समान हुन्छन् हयान्डेलिङमा समस्या छ । गाडीमा लान पर्नेहुन्छ, घरको सिँढी सानो हुन्छ । त्यही पनि लाँदालाँदै पनि विग्रिएको हुनसक्छ । हामी विक्रिपछीको सेवामा एकदमै मजबुत छौ । प्लस माइनस ३ डे भन्छौ । ३ दिनभित्र विक्रिपछीको सेवा दिन्छौ । कहिले–काँही हाम्रोमा कुनै समस्या छ भने फ्रिमा गर्छौ । ग्राहकलाई कुनै सेवा थप्नुछ भने न्युनतम शुल्कमा गर्छौ । यसरी क्वालिटी गुणस्तर, समयमा सामान ढुवानी र बिक्री पछि आवस्यक सेवा नै हो अरु भन्दा हामी पृथक हुने आधार ।

फर्निवल्र्डको अहिलेसम्म कति लगानी पुगेको छ । नाफा घाटाको अवस्था के छ ?

यो धेरै नै उदयीमान उद्योग हो नेपालको सापेक्षतामा । खासगरी आयातले धेरै हिस्सा लिइरहेको छ । विदेशीहरुले नेपाल पठाउने सामान गुणस्तरिय हुदैन । काठमाण्डौ उपत्यकामा आफै उत्पादन गर्ने, गुणस्तरीय सामान दिने र आफै सम्पुर्ण काम गर्ने केहि मध्ये हामी पनि हौ ।

उदयीमान बजार छ । लगानी ठुलो छ । बजारमा के नयाँ सामान आएको छ, संसारमा भएको सामानहरु बुझिराख्नु पर्यो । ठुलो लगानी चाहिने व्यवसाय हो यो । ठुलो केलाई भन्ने भन्दा कुन भोलुममा जाने भन्नेमा पनि भरपर्छ । अहिले औसत ४० करोडको काम हामीले बर्षको गरिरहेका छौ । त्यसको लागि कम्तिमा २५ प्रतिशत लगानी चाहिन्छ नै । त्यो भनेको ७–८ करोड लगानी नभइकन हुदैन । गत बर्ष हाम्रो लगानी ३० करोड पुगेको थियो अहिलेसम्म १० करोड थपिएर ४० करोड पुगेको अवस्था छ । हाम्रो ३ ओटा स्वरुम छ । मध्ये वानेश्वर, नया वानेश्वर र सामाखुशीमा छ ।

कारखाना ललितपुरको लामाटारमा १४ रोपनीमा गरेका छौ । अहिले भर्खरै हामीले वानेश्वरमा पनि २ रोपनी जग्गा लिएर नयाँ कारखाना सञ्चालनमा ल्याएका छौ । विक्रीपछीको सेवा राम्ररी दिन सकियोस् भनेर वानेश्वरमा पनि कारखाना राखेका हौ ।,

फर्निचर तथा फर्निसिङ सामानमा नेपाल आत्मनिर्भर हुन नसक्नुमा के कारण छ ?

नेपालको यो उद्योग काठमा आधारीत छ । विदेशमा जस्तो कम्प्रेसड काठहरु छैनन् । विदेशमा काठमा विकल्पहरु धेरै छन् । तर नेपालमा त्यस्तो छैन । कच्चा पर्दाथ नै पहिलो समस्या हो । अर्को हाम्रो प्रतिस्पर्धा विदेशी सामानसँग हुन्छ । हाम्रो त्यत्रो क्षमता छैन किन त्यो लेभलमा काम गर्ने । चाइनाको कुरा गर्दा उसको सयौं देशसँग बिजनेसको इतिहास छ । नेपालले आफनै देशमा गर्नको लागि त नेपालको त्यो मार्केट, त्यो मेशिन ल्याएर स्थापित गर्न त भ्याउँदैन नेपालले । त्यो कारणले नेपालले विदेशी प्रोडक्टसँग प्रतिस्पर्धा गर्न नसकेको हो । नेपाली जनशक्ती, नेपाली कच्चा पदार्थ प्रयोग गरेर गुणस्तर दिन सके सम्भावना नभएको होइन ।

नेपालमा फर्निचर आयातको अवस्था कस्तो छ ?

र्निचर मात्रै भन्दा नेपालमा ८–९ सय करोडको आयात हुन थालेको छ । त्यो भन्दा ठुलो भोल्युम चाँही प्रोजेक्टहरु जस्तो कुनै ठुलो हस्पिटल खुल्यो भने उनीहरुले प्रत्यक्ष आयात गरिरहेका छन् । त्यो आयातको डाटा त भन्न सकिदैन । तर मलाई लाग्छ दुबै गरेर २ सय करोड भन्दा ज्यादाको आयात छ । निर्यात यो उद्योगबाट छँदैछैन भन्दा हुन्छ ।

यो उद्योको समस्या र चुनौतीहरु के छन् ?

काठमा आश्रित उद्योग भएकोले काठका विकल्पहरुको उद्योग खोल्नतर्फ जानुपर्यो या कच्चा पर्दाथ आयातमा लाग्ने कर त्यसलाई प्रतिस्पर्धी बनाइदिनुपर्यो । सरकारको नीतिको उतार चढावले विदेशबाट आउने सामानले हाम्रो उद्योगलाई माथ गर्नसक्ने अवस्था नहोस् । सरकारले ध्यान दिएर आयातमा कर बढाइदियो भने र काठजन्य कच्चा पर्दाथमा घटाइदिने वित्तिकै नेपालका उद्योग फष्टाउने अवसर पाउँछन् । सरकारले अलिकति यस उद्योगलाई सहयोग गर्ने हो भने भारत र चीनजस्ता देशमा हामीले निर्यात पनि बढाएर विदेशी मुद्रा आर्जन गर्न सकिने हुन्छ । हामीले भारतमा सामान निर्यात गर्न सकिने गरी योजना ल्याउने हो भने त धेरै गर्न सकिन्थ्यो । विडम्बना कोभिडको समयमा पनि हामीले सरकारबाट आवश्यक साथ पाएनौ । कच्चा पर्दाथ आयातमा छुट दिन सक्थ्यो, हामीले गरेको सेल्समा दिन सक्थ्यो । हामीले रोजगारी सिर्जना जो गरेका छौ । हामीले कुनैपनि रोजगारलाई कटअफ गरेका छैनौ भने हाम्रा स्टाफलाई भ्याक्सिनेशन मै समस्या भयो । तर सरकारबाट सहयोग भएन । यद्यपी राष्ट बैकले केही राहत दिएको हो । मौद्रीक नीति मार्फत कोभिड अवधिमा केही राहत भयो तर वित्तिय नीति मार्फत प्रत्यक्ष रुपमा सरकारबाट राहत मिलेन ।

फर्निचर उद्योगबाट सम्बृद्धिको सम्भावना कस्तो रहेको छ ?

एउटा देशलाई फर्निचरमा आत्मनिर्भर गर्नसक्ने र अर्को निर्यात गरेर विदेशी मुद्रा आर्जन गर्न सकिने सम्भावना हुन्छ । नेपाल भित्रको कुरा गर्ने हो भने धेरै नै ठुलो सम्भावना छ । अहिले युवा पुस्ता विकास भइरहेको छ संसार देखिरहेको छ । प्रविधिको जमाना छ । अमेरिकामा कुन फर्निचर छ त्यो नेपालमा डिमाण्ड गर्ने पुस्ता आएको छ । त्यसकारण क्वाललिटी र फिनिसिङमा कम्प्रोमाइज नगर्ने पुस्ता भएकोले नेपाल भित्र अवको समयमा १० बर्षमा यो उद्योग डबल भएर जान्छ । तर त्यसको लागि दिर्घकालिन सोच चाहिन्छ । हामीले फिजिकल आउटलेटबाट डिजिटलमा जानुपर्यो । अफलाइनबाट अनलाइनमा जानुपर्यो ।

हामीले टेक्नोलोजी आयात गर्नुपर्यो । ठुला ठुला मेशिनहरुमा लगानी गर्नुपर्यो । काठको ठाउँमा काठको प्रतिस्थापन चीजमा बढी फोकस गर्नुपर्यो । काठ त सिमित छ । हामी जस्तो पढेलेखेको मान्छेले काठमै निर्भर भएर काम गर्नु भन्दा काठको विकल्पमा पनि जानुपर्यो । त्यो नभएको होइन । तर त्यसको लागि प्रविधि चाहियो । त्यसैले प्रविधिगत रुपमा गर्न सक्यौ भने हामीले विश्व हेर्नुपदैन । भारत वा हाम्रो रेन्जको फार्निचर हाम्रै इकोनोमिक स्केल भएको देश हो । भारतमा मात्रै हामीले निर्यात गर्न सक्यौ भने धेरै नै सम्भावना छ । ब्राण्डिङको पनि सम्भावना छ । फर्निवल्डले पनि अव गर्न खोजेको ब्राण्डिङ हो । जस्तो चाउचाउमा वाइवाइ भनेजस्तो फर्निचरमा फर्निवल्र्ड बनाउने हाम्रो सपना छन् । त्यही ढंगले कामहरु गरिरहेका छौ । फर्निवल्डको फर्निचर राम्रो हो, गुणस्तरीय हो, आधुनिक हो भन्ने बनाउन हामी लागेका छौ । त्यसकारण यस उद्योगमा ठुलो सम्भावना छन् ।
प्रस्तुती: सगिता सुवेदी


प्रतिक्रिया दिनुहोस्