एनआईसी एशिया बैंकसँगको सहकार्यमा रिचाजमा भारी छुट « Arthapath.com
१७ भाद्र २०७६, मंगलवार

एनआईसी एशिया बैंकसँगको सहकार्यमा रिचाजमा भारी छुट



काठमाडौं । मोबाइलएप रिचार्जरले सञ्चालन गरिरहेको ग्याजेट्स मेलामा ४९९ रुपैंयामा मोबाइल अफर सुरु चल्ने भएको छ । रिचार्जरका एकजना प्रयोगकर्ताले एउटा मात्रमोबाइल ४९९ रुपैंयामा खरिद गर्न सक्ने छन् । भदौ १९ गते बिहिबारका दिन रिचार्जर एपबाट ४९९ रुपैंयामा मोबाइल खरिद गर्न सकिने छ । बिहिबार मध्यान्ह १२ बजेदेखि सुरु हुने अफर ४ घण्टासम्म चल्नेछ । रिचार्जरका प्रमुखक ार्यकारी अधिकृत निराजन सिंह काअनुसार ४ घण्टा अवधिका लागि १० हजार थान मोबाइल बिक्री हुने अपेक्षा गरिएको छ ।

साथै एनआईसी एशिया बैंकसँगको सहकार्यमा रिचार्जरले वान प्लस सेभेन मोबाईल बुकिङगर्दा १० प्रतिशतसम्मको क्यास व्याक दिने योजना पनि रिचार्जरले ल्याएको छ । योजना अनुसार एनआईसी एशिया बैंकको मोबाइल बैंकिङबाट वान प्लस सेभेन मोबाइलको रकम भुक्तान गर्दा १० प्रतिशत रकम ४८ घण्टा भित्रमा सेवाग्राहीको बैंक खातामा नगद फिर्ता हुने एनआईसी एशिया बैंकले जनाएको छ । अन्य फोन पे एपहरुबाट उक्त मोबाइलको रकम भुक्ता नगर्दा ५ प्रतिशत रकम तत्काल बैंक खातामा फिर्ता हुने रिचार्जरले जनाएको छ । त्यसै गरी रिचार्जरले पनि उक्त मोबाइल किन्दा ५ प्रतिशत रकम बराबरको क्यास व्याक प्वाइन्ट रिडिम गर्न सकिने व्यवस्था मिलाएको छ ।

साथै रिचार्जरबाट सामसुङ नोट १०रनोट १० प्लस मोबाइल शुन्य प्रतिशत व्याजदरमा किस्ता बन्दीमा किन्न सकिन्छ ।

ग्लोबल कि टेक्नोलोजीका अध्यक्ष अलाइभ ग्लाइडरले केही समय अघि मात्र अपडेट गरिएको एपबाट सहज रुपमा आवश्यक उपकरणहरु खरिद गर्न सकिने बताए । भदौ ११ गतेदेखि चलिरहेको ग्याजेट्स मेलामा अफर भित्र अफर अन्र्तगत सेवा ग्राहीले सरप्राईज गिफ्ट ह्याम्पर पाउने छन् । अफर भित्र अफर सहित ५० प्रतिशतसम्मको छुटका साथै क्यास प्वाइन्ट रिडीम् गरी मेलामा सुलभ मुल्यमा सामान किन्न सकिन्छ ।


प्रतिक्रिया दिनुहोस्