डिवेञ्चरको लगानी गर्नुहोस् प्रतिफल सुनिचित छ « Arthapath.com
१४ माघ २०७६, मंगलवार

डिवेञ्चरको लगानी गर्नुहोस् प्रतिफल सुनिचित छ



राजिव गिरी, डेपुटी सिईओ, कुमारी बैंक लि.
पछिल्लो समय आक्रामक रुपमा ग्रोथ गरिरहेको कुमारी बैंकले हालै डिवेञ्चर (ऋणपत्र) निष्काशन गरेको छ । अहिले बजारमा लगानीको उच्चतम अवसरको रुपमा हेरिएको डिवेञ्चरमा लगानीकर्ताको आकर्षण बढेको देखिन्छ । पछिल्लो समय अधिकांश बैंकहरूले डिवेन्चर निष्काशन गरिरहे पनि यसमा लगानीकर्ताको आकर्षण हेर्दा सुनिश्चित लगानीमा लगानीकर्ताको ध्यान देखिएको पाइन्छ । सोही क्रममा कुमारी बैंकले पनि गत पुस १४ गतेदेखि ३ अर्ब रुपैया“ बराबरको ३० लाख इकाई ऋणपत्र निष्काशन बिक्री खुला गरेको छ । बैंकले १० वर्ष अवधिको ‘कुमारी बैंक डिबेन्चर २०८६’ नाममा ऋणपत्र बिक्री खुला गरेको हो । यस डिभेञ्चर खरिदको समय
यही माघ १४ गते मंगलबारसम्म तोकिएको छ ।
कुमारी बैंकका डेपुटी सीईओ राजीव गिरी डिवेन्चर बिक्रीका विषयमा काम गरिरहेका भेटिए । २५ वर्षे बैंकिङ क्यारिएर स्टान्डर्ड चार्टर्ड बैंकमा बिताएका गिरी साढे ५ वर्षअघि कुमारी बैंक आएका थिए । उनले २ वर्षभन्दा बढी समय बैंकको कामु सीईओको रुपमा समेत काम गरे । ३ दशकको बैंकिङ यात्रामा उनले हालसम्म २ वटामात्रै बैंकमा काम गरेका छन । डिवेन्चर निष्काशनको सन्दर्भमा गिरीस“ग सेयर बजारले छोटो कुराकानी गरेको छ ।

कुमारी बैंकको डिवेञ्चरमा लगानी किन गर्ने ?
कुमारी बैंकले हालै १० वर्षे १०.२५ प्रतिशत व्याज प्राप्त हुने डिवेञ्चर इस्यू गरेको छ । ३ अर्बको डिवेञ्चर आगामी मंगलबार १४ माघमा बन्द हुँदैछ । अहिले बैंकबाट प्राप्त हुने व्याजभन्दा यो डिभेञ्चरमा उच्चतम प्रतिफल छ । डिभेञ्चरमा लगानीको प्रतिफल सुनिश्चितताको ग्यारेन्टी गरिएको छ । साथै, लामो समय लगानी गर्न चाहनेहरूका लागि पनि यो उचित अवसर हो । यो बाँडफाँट भएको ६ महिनाभित्र स्टक एक्सचेञ्जमा सूचीकृत हुन्छ । तत्काल पैसा चाहिएमा कुमारी बैंकबाहेक अरू बैंकमा धितो राखेर पनि कर्जा निकाल्न सकिन्छ । अहिलेको अवस्थामा निकै लाभदायक हुन्छ भन्ने विश्वास हामीले लिएका छौं ।

डिबेञ्चर नै किन निकाल्नुप¥यो ?
बैंक अहिले ग्रोथ मोडमा भएकोले लगानीका लागि थप पुँजी जुटाउन पनि डिबेञ्चरमा गएका हौं । राष्ट्र बैंकले बफर ११ को ठाउँमा १३ पुर्याउन भनेको छ । यो अवस्थामा लगानी साँघुरिदै जाने अवस्थाले डिबेञ्चर ल्याउनु परेको हो । डिबेञ्चरले बकंै को गा्रथे लाई सपोर्ट गर्छ । सेि भङमा जहिले पनि निकाल्न सक्छन । फिक्स पनि १ वर्षे हुन्छ भने बैंकले त लगानी १०÷/१५ वर्षे प्रोजेक्टमा पनि गरेको हुन्छ । दीर्घकालको लगानीका लागि दीर्घकालिन फण्ड चाहिने भएकाले पनि लङट्रम सोर्स खोजेका हौं । यसमा लगानीकर्ताले १० वर्षे डिभेञ्चरमा ६/६ महिनामा व्याज पाउनेछन ।

कुमारी बैंकको अहिलेको वित्तीय अवस्था कस्तो छ ?
कुमारी बैंक अहिले बजारमा सशक्त भएर आइरहेको छ । अहिले हामी ग्रोथ मोडमा छौं । वित्तीय अवस्था पनि एकदमै राम्रो छ । हालै देव विकास बैंकलाई अक्वाएर गर्ने निर्णय गरेका छौं । त्यसपछि बेंकको चुक्ता पुँजी साँढे १२ अर्व पुग्छ । डिपोजिट १ सय २० अर्व र कर्जा १ सय ५ अर्ब पुग्नेछ । शाखा सञ्जाल पनि २०० प्लस पुग्नेछ । हामी इन्टरनेट बैंकिङ, मोवाइल बैंकिङमा पनि पहिलो बैंक हौं । ४ वर्ष अगाडि नै भारतको मेदान्त अस्पतालसँग सम्झौता गरी आफ्ना ग्राहाकहरूलाई छुटसहित स्वास्थ्य सुविधा प्रदान गर्दैआएका छौं । यसमा पनि कुमारी बैंक पहिलो बैंक हो ।

कुमारी बैंकको परिवार सुरक्षा खाताको कस्तो रेस्पोन्स आइरहेको छ ?
अरू बैंकले पनि खातावालको निश्चित बीमा गरिदिने व्यास्था गरेका थिए । कुमारी बैंकलेचाहिँ खातावालाको परिवारको नै स्वास्थ्य बीमा गर्ने प्रोडक्ट ल्याएको छ । त्यसको माग अत्यधिक आएको र बजारमा रेस्पोन्स एकदमै राम्रो छ । खातावालको परिवारमा घातक रोगबापत बीमा सुविधा ल्याउने हामी पहिलो बैंक हौं ।

प्रविधिमा कुमारी बैंकको अवस्था कस्तो छ ?
हामी प्रविधिमा पनि थप लगानी गर्दैछौं । आधुनिकीकरणमा बैंकले नयाँ नयाँ प्रोडक्ट डिजाइनमा लागेका छौं । अहिले मर्जरको प्रक्रियामा रहेकोमा अब देवः लाई गाभेपछि हामी बलियो बैंकहरूमध्येमा पर्छौं ।


प्रतिक्रिया दिनुहोस्