कोरोना भाइरसका कारण सर्जिकल माक्सको कृतिम अभाव « Arthapath.com
६ फाल्गुन २०७६, मंगलवार

कोरोना भाइरसका कारण सर्जिकल माक्सको कृतिम अभाव



काठमाडौं । चीनमा कोरोना भाइरसको संक्रमण र नेपालमा पनि केहि व्यक्तिमा त्यसको आशंका गरिएपछि बजारमा सर्जिकल माक्सको माग बढीरहेको छ । माग बढीरहेको मौकामा व्यवसायीहरुले मूल्य बढाएर कालोबजारी गर्न थालेका छन । औषधि पसल, डिपार्टमेन्टल स्टोर, खुद्रा पसलमा केहि समयअघि सजिलै पाइने सर्जिकल माक्सको कृतिम अभाव सिर्जना गरेर मूल्य दोब्बर बढेको छ ।

वाणिज्य विभागले सर्जिकल माक्समा कृतिम अभाव सिर्जना गरी कालोबजारी गर्न थालेका भन्दै छानबिन हुरु गरेको छ । विभागका अनुसार बजारमा माक्सको अभाव देखिएको भन्दै विभागमा गुनासो आउने गरेका छन । त्यस्ता गुनासा तथा उजुरीका आधारमा विभागले केहि दिन उपत्यकाका विभिन्न औषधि पसलमा अनुगमनसमेत गरेको विभागले जनाएको छ ।

अनुगमनका क्रममा केहि औषधि पसलले माक्स लुकाएको तथा केहिले बढी मूल्यमा बेच्ने गरेको पाइएको छ । विभागले ती पसललाई ५ हजारदेखि २० हजार रुपैयाँसम्म जरिवानासमेत गरेका छ ।


प्रतिक्रिया दिनुहोस्