मन्त्रीपरिषदको हिजोको बैंठकमा के के भयो ? एसईई परिक्षा नहुने, निजी सवारीमा जोरविजोर लागु, मोटरसाइकलमा १ जना कारमा २ जनामात्रै चढ्न पाइने « Arthapath.com
२९ जेष्ठ २०७७, बिहीबार

मन्त्रीपरिषदको हिजोको बैंठकमा के के भयो ? एसईई परिक्षा नहुने, निजी सवारीमा जोरविजोर लागु, मोटरसाइकलमा १ जना कारमा २ जनामात्रै चढ्न पाइने



काठमाडौं । हिजो बुधबार साँझ बसेको मन्त्रीपरिषद बैंठकले लकडाउन खुकुलो बनाउने निर्णय गरेको छ । साँढे २ महिनाभन्दा बढी बन्दाबन्दीमा मुलुक रहेको अवस्थामा सर्वसाधारणको दैनिकी कष्टकर हुँदै आएको थियो । जनस्तरबाटै लकडाउनको विरोध हुन थालेपछि सरकारले केही खुकुलो गर्ने निर्णय गरेको हो ।

बजार खोल्न आग्रह गर्दै व्यापारीहरुले नारा जुलुस गर्न थालेपछि सरकारले लकडाउनमा केही खुकुलो बनाउने निर्णय गरेको हो । सरकारले जेठ २९ गतेदेखि लकडाउन खुकुलो गर्ने निर्णय गरेको छ ।

सरकारले गत चैत्रमा हुनुपर्ने एसईई रोकेर लकडाउन गरेको थियो । अव एसईई परिक्षा नहुने भएको छ । सरकारले कक्षा १० मा लिइएको परिक्षाकै आधारमा विद्यार्थीहरुको ग्रेणिङ गरेर पठाउने भएको छ ।

अव बजार खोल्न दिने सरकारले निर्णय गरेको हो । व्यापारीहरुले बजार खोल्न पाउनुपर्ने माग गर्दै नारा जुलुस गर्दै आएपछि सरकार बाध्य भएर लकडाउनको मोडालिटी परिवर्तन गरेको हो ।

सरकारले कोरोनाको जोखिम कम भएका जिल्लाहरुमा निजी सवारी साधन जोर र बिजोर नम्बरका आधारमा चल्न दिने निर्णय भएको छ । सार्वजनिक सवारी साधन भने अझै केही महिना चल्ने छैन । निजी सवारी साधन मोटरसाइकल, कार तथा ट्याक्सीहरु जोर बिजोरका आधारमा चल्ने भएको छ ।

सरकारले सामाजिक दुरी कायम राख्न मोटरसाइकलमा १ जनामात्रै र कारमा २ जनामात्रै चड्न पाइने बताइएको छ । रेष्टुरेन्ट तथा होटलहरुले प्याकिङ गरेको सामान घरमै सर्भिस गर्न पाइुका साथै असार १ गतेदेखि सबै सरकारी कार्यालय पूर्णरुपमा खोलिनेछ ।


प्रतिक्रिया दिनुहोस्