काठमाडौं उपत्यकामा सवारी संचालनमा कडाई, सबै पास रद्द « Arthapath.com
२ असार २०७७, मंगलवार

काठमाडौं उपत्यकामा सवारी संचालनमा कडाई, सबै पास रद्द



काठमाडौं । गृह मन्त्रालयले काठमाडौंमा गुड्ने सबै सवारी पास रद्द गरेको छ । सकाठमाडौं उपत्यकाभित्र जारी भएका सबै सवारी पासहरु रद्द गरेको छ ।

मंगलबार एक सूचना जारी गर्दै गृह मन्त्रालयले सबै सवारी पास बन्द गर्दै जोर विजोर प्रणालिलाई थप कडाइ गरेको छ । यसअघि प्रशासन कार्यालयले दिएका सबैखाले सवारी पास बन्द गरिएको जनाएको हो ।

गृह मन्त्रालयले आजबाट सबै सवारी पास बन्द गरेको जनाएको छ । उपत्यका प्रवेशमा थप कडाइ गर्दै मन्त्रालयले जोर विजोर प्रणालिमा थप कडाइ गरेको हो । राजधानी भित्र निजी सवारीमा निष्चित मापदण्ड बनाएर सवारी आवागमन सहज बनाएको थियो ।

निजी सवारीमा जोर गते जोर नंबर प्लेटका सवारी विजोर गते विजोर नंबरप्लेटका निजी सवारी आवागमन सहज बनाएको छ ।


प्रतिक्रिया दिनुहोस्