लगातार बढेको सुन मंगलबार ४ सयले घट्यो

काठमाडौं । मंगलबार सुनको भाउ घटेको छ । सुन मंगलबार तोलामा ४ सयले गिरावट आएको हो । पछिल्लो समय लगातार उकालो लागेको सुनको मंगलबार भने केही गिरावट आएको हो ।
कोरोनाको कारण चैत ११ देश गतेदेखि लकडाउन जारी रहेको अवस्थामा सुनको कारोवार हुन सकेको थिएन । गत जेठ २५ गतेबाट खुलेको सुनको बजार लगातार बढिरहेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ मंगलबार तोलामा ४०० रुपैयाँ गिरावट आएको छ । यो गिरावटसँगै प्रतितोला छापावाल सुन ९१ हजारबाट घटेर ९० हजार ६०० रुपैयाँ र तेजाबी सुन ९० हजार ५ सय ६५ बाट घटेर ९० हजार १६० रुपैयाँ कायम भएको छ ।
आइतबार तोलामा ७०० रुपैयाँ बढेको छापावाल सुन ९० हजार ६०० रुपैयाँ र तेजाबी सुन ९० हजार १६० रुपैयाँ कायम भएको थियो ।