बुधबार सुनको भाउ फेरि बढ्यो

काठमाण्डौ – बुधबार सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढेको छ ।
आज सुनको भाउ तोलामा ९१ हजार ५ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी ब्यवसायी महासघ ले जनाएको छ ।
चाँदीको भाउ पनि आज तोलामा ५ रुपैयाँ बढेर तोलाको ९ सय ५५ रुपैयाँ पुगेको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ महंगो भएकाले नेपालमा पनि बढेको महासघ जनाएको छ ।
कोरोना भाइरस कोभिड १९ का कारण अस्थिर बनेको सुनको भाउ कहिले घट्ने र कहिले बढ्नै भइरहेको छ ।