चेम्बर पदाधीकारी र राजदूत पाण्डेविच भेट, नेपाली बस्तु निर्यातमा सहजीकरण गर्न आग्रह
काठमाडौं । चीनका लागि नवनियुक्त नेपालका महामहिम राजदूत महेन्द्र बहादुर पाण्डेसँग नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष तथा पदाधिकारी संग भेट भयो । उक्त अवसरमा चेम्बरका अध्यक्ष राजेश काजी श्रेष्ठले तातोपानी र रसुवागढी नाकाका प्रक्रियात्मक जटिलता सरलीकरण तथा सहजीकरण गर्ने, आयात तथा निर्यातकालागि निर्वाध रुपले दुवै नाका संचालन गरिनुपर्ने बारे बताए ।
चीनले ८००० भन्दा बढि नेपाली उत्पादनहरुका मालवस्तुको आयातमा शुन्य भन्सार महशुल दरमा प्रवेश सुविधा प्रदान गरेको र यस सुविधा प्राप्त गर्न ४० प्रतिशत मूल्य अभिवृद्धि पूरा भएको हुनुपर्ने प्रावधान रहेको छ । सो प्रावधान पूरा गर्न कतिपय मालवस्तुहरुमा कठिन भएकोले सो घटाउन पनिपहल गरिनु पर्ने बताउनु भयो ।
उक्त अवसरमा अध्यक्ष श्रेष्ठले चीनको बजारमा कृषि तथा लाइभस्टकका वस्तुहरु निर्यातको प्रचुर सम्भावना भएकोले ति वस्तुहरु चिनिया बजारमा सहज तथा सरल तवरले प्रवेशको लागि पहल गरिदिन अनुरोध गर्नुभयो । यसका लागि क्वारान्टाइनको प्रक्रियालाई सहजिकरण गर्न प्रयास गरिनु पर्ने बताउनु भयो ।
नेपालको पर्यटन विस्तारमा चीनिया पर्यटकको ठूलो योगदान रहेको हुँदा कोभिड पश्चातचीनका पर्यटकहरुलाई नेपाल आगमनको लागि प्रवद्र्धन गरिनुपर्ने तथा हवाइ भाडा प्रतिस्पर्धि बनाउनु पर्ने बताउनु भयो । सो अवसरमा नेपाल चिन चेम्बर अफ कमर्सका अध्यक्ष त्रिभुवनधर तुलाधरले चीनबाट धार्मिक तथा संस्कृतिकपर्यटक प्रवर्धन गर्न आग्रह गर्नुभयो ।
सो अवसरमा नवनियुक्तराजदूत महेन्द्र बहादुर पाण्डेले चेम्बरबाट प्राप्त सुझावहरु गम्भिरता पूर्वक मनन गरि आप्mनो तर्फबाट सहजिकरण गर्न सक्दो प्रयास गर्ने बताउनु भयो । सो अवसरमा चेम्बरका वरिष्ठ उपाध्यक्ष, राजेन्द्र मल्ल, उपाध्यक्ष कमलेश अग्रवाल तथा नेपाल चीन चेम्बर अफ कमर्सका अध्यक्ष त्रिभुवनधर तुलाधरलगायत अन्य पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।