शुक्रबार ११८ जनामा कोरोना पुष्टि, उपत्यकामा संक्रमण बढ्यो « Arthapath.com
२६ असार २०७७, शुक्रबार

शुक्रबार ११८ जनामा कोरोना पुष्टि, उपत्यकामा संक्रमण बढ्यो



काडमाडौं । शुक्रबार ११८ जनामा कोरोना देखिएको छ । कोरोना संक्रमितको संख्या राष्ट्रिय रुपमा घटेपनि उपत्याकामा भने दिनििदनै बढिरहेको छ ।

शुक्रबार काठमाडौं उपत्यकामा ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २८, ललितपुरमा १३ र भक्तपुरमा १ जनामा कोरोना संक्रमण भएको छ ।

देशभर शुक्रबारसम्ममा संक्रमितको संख्या १६ हजार ६४९ जना पुगेको छ । त्यसैगरी शुक्रबार १ सय २० जनाले कोरोना जितेर डिस्चार्ज भएका छन । हालसम्म ८ हजार ११ जनाले कोरोना जितेर निको भइ घर फर्किएका छन ।


प्रतिक्रिया दिनुहोस्