५० प्रतिसत कार्यसमितिको असहमतीविच महासंघको चुनाव सारिएको प्रति उपाध्यक्ष ढकालको असन्तुष्टि
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन सारिएको प्रति बरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्र ढकालले असन्तुष्टि पोखेका छन ।
बिहिबार महासंघको पदाधिकारी बैठकले निर्वाचन सार्ने निर्णयप्रती ढकाल पक्षले आज पत्रकार सम्मेलन नै गरेर एकलौटी निर्णय गरिएको बताएका छन । बिहीबार पदाधिकारी बैठकले साउन २६ र २७ गते हुने महासंघको चुनावलाई अनिश्चितकालको लागि सार्ने निर्णय गरेको थियो ।
सरकारले सभासम्मेलन गर्न अझै प्रतिवन्ध लगाएको भन्दै पदाधीकारी बैठकले कोरोना भाइरस संक्रमण हुन सक्ने भन्दै महासंघ साधारणसभा स्थगित गरेको थियो ।
पदाधिकारीको बैठकमा ५० प्रतिसतको असन्तुष्टिका बावजुत पनि सभा सारिएको ढकालले बताए । वरिष्ठ उपाध्यक्ष पदका प्रत्यासी चन्द्र ढकालले चुनाव सारेर कसैको हित नहुने सच्चा व्यवसायीप्रति अन्याय भएको बताए ।