काठमाडौं उपत्यका भदौ १५ सम्म बन्द गर्न स्थानिय तहको माग

काठमाडौं । काठमाडौं उपत्यकाका स्थानीय तहले भदौ १५ गतेसम्म अवागमन बन्द गर्न आग्रह गरेको छ । काठमाडौं उपत्यकाका स्थानीय जनप्रतिनिधिहरुले भदौ १५ सम्म सार्वजनिक यातायात बन्द गरी लकडाउन गर्न आग्रह गरेको छ ।
पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोनाको संक्रमण बढ्न थालेपछि उपत्यकाभित्रका नगरपालिकाहरुले तत्काल सार्वजनिक यातायात बन्द गर्न आग्रह गरेका छन । नगरपालिकाहरुले अत्यआवश्यक बाहेक सबै सेवा भदौ १५ गतेसम्म बन्द गर्न सरकारलाई आग्रह गरेको छ ।
काठमाडौं उपत्यका प्रवेश गर्ने नाकमा उच्च सर्तकर्ता अपनाउन नसक्दा संक्रमण बढेको भन्दै नाकाका टाइट गर्न आग्रह गरेका छन । नाका टाइट नहुँदा काठमाडौं दिनदिनै संक्रमण बढ्दै आएको छ ।