शनिबार ४ सय ६८ जनामा कोरोना संक्रमण, थप ३ जनाको मृत्यु

काठमाडौं । शनिबार काठमाडौंमा ९८ जनाहित देशभर ४ सय ६८ जनामा कोरोना देखिएको छ । साउन् ३१ गते देशभर थप ४६८ जनामा कोरोना देखिएको स्वास्थ्य मन्त्रालयले बताएको छ ।
शनिबारसम्ममा देशभर संख्या २६ हजार १९ जनाका कोरोना देखिएको छ । शनिबार काठमाडौंमा ८० जना, ललितपुरका ९ र भक्तपुरका ९ जना थपिएका छन । पछिल्लो २४ घण्टामा १ सय २४ जनाले कोरोना जितेर डिस्चार्ज भएका छन । हालसम्म १ सय २ जनाको कोरोनाले ज्यान लिएको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा ३ जनाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।