कर छुट र बैंकको व्याज छुट गर्न व्यवसायीको माग « Arthapath.com
१० भाद्र २०७७, बुधबार

कर छुट र बैंकको व्याज छुट गर्न व्यवसायीको माग



नुवाकोट । विश्वभर महामारीको रुपमा फैलीएको कोरोना भाइरसले उधोग व्यवसमा असर परेकोले बैंकको व्याज मिनाह, कर छुट तथा चालु पूँजीको लागि अनुदान कार्यक्रम ल्याउन उद्योग बाणिज्य संघ नुवाकोटको आग्रह गरेको छ ।


संघले आज एक विज्ञप्ति जारी गदै विश्वभर महामारीको रुपमा फैलीरहेको कोरोना भाइरसको कारण सवैभन्दा वढि उद्योग तथा व्यवसायिक क्षेत्र ठुलो मारमा परेकोले स्थानिय प्रशासन सहित तिनै तहका सरकारसंग ध्यानआकर्षण गर्न आग्रह गरेको छ ।


संघले स्थानीय प्रशाशनले निरन्तर रुपमा गरिएको वन्दावन्दिको आदेश तथा त्यस्तो आदेशको समाप्त भएपछि पनि आंशिक रुपमा मात्र व्यवसाय संचालन गर्न पाउने भएकाले अर्थव्यवस्थामा गम्भिर असर पुग्नुका साथै रोजगारी गुम्ने, बैंकको ऋण तिर्न नसकिएको कारण व्यवसायिको घरवार गुम्ने खतरा वढेको छ भने घर भाडा तिर्न नसकेका कारण थुप्रै व्यवसाय वन्द गर्ने अवस्थामा पुगेको बताइएको छ ।


गत चैत्र ११ गतेवाट कोरोना नियन्क्रणका लागी गरीएको लकडाउन यता पर्यटन संग सम्वन्धित व्यवसाय तथा शैक्षिक व्यवसाय ठप्प नै भएका छन ।

त्यस्तै उत्पादनउद्योगमा समेत कच्चा पदार्थ अभाव, बजारीकरण समस्या, कामदारको अभाव जस्ता समस्या छन्।

संचालनमा रहेकाउद्योग व्यवसायले समेत चालु पूँजीको व्यवस्थापन गर्न नसकेको भन्दै संघले व्यावसाहिहरुलाई बैंकको व्याज मिनाह, कर छुट तथा चालु पूँजीको लागि अनुदान कार्यक्रम ल्याउन उद्योग बाणिज्य संघ नुवाकोटले स्थानिय प्रशासन सहित तिनै तहका सरकारसंग आग्रह गरेको छ ।


प्रतिक्रिया दिनुहोस्