देशभर अत्यावश्यक औषधिको अभाव छैन :औषधि व्यवस्था विभाग

काठमाडौं । औषधि व्यवस्था विभागले हाल देशभरी नैअत्यावश्यकीय औषधिहरुको अभाव नभएको बताएको छ ।
तेस्रो मुलुकबाट आयात गर्नुपर्ने केही औषधिहरु समयमा ढुवानी हुन नसक्दा समस्या देखिएपनि अत्यावश्यक औषधिको अभाव नभएको विभागले जनाएको छ ।
स्वदेशमानै उपादन नहुने औषधिहरु बाहिरबाट आउनेक्रममा केही ढिला हुँदा समस्या देखिएपनि अभावको अवस्था नभएको विभागले जनाएको छ ।
त्यस्तै चिकित्सकहरुको सल्लाहविना अनावश्यक रुपमा औषधि सेवन गर्नेहरुको संख्या बढेकोप्रति विभागले चिन्ता व्यक्त गरेको छ ।
अनावश्यक औषधि सेवनले सधै स्वास्थ्यलाई फाइदा नपुग्ने भएकाले अनावश्यक रुपमा औषधि सेवन नगर्न आग्रह गरीएको छ ।