वीरगञ्जमा कोरोना संक्रमणबाट थप दुई जनाको ज्यान गयो « Artha Path
११ भाद्र २०७७, बिहीबार

वीरगञ्जमा कोरोना संक्रमणबाट थप दुई जनाको ज्यान गयो



काठमाडौं । वीरगञ्जमा कोरोना भाइरस संक्रमणबाट थप दुई जनाको ज्यान गएको छ ।
ज्यान गुमाउनेमा पर्साको धोविनी गाउँपालिका ३ का ७२ वर्षीय पुरुष र बाराको सुवर्ण गाउँपालिका ४ हर्दिया बस्ने २३ वर्षीया महिला रहेका छन ।


७२ वर्षीय पुरुष निमोनियाका विरामी थिए ।त्यस्तै हर्दियाकी २३ वर्षीया संक्रमित महिलाको पेटमा ३३ हप्ताको बच्चा पेटमा थियो । भदौ ८ गते नारायणी अस्पतालमा भर्ना भएकी उनलाई सास फेर्न गाह्रो भएपछि भेन्टिलेटरमा राखिएको थियो

योसँगै वीरगञ्जमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४४ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्