भारतमा एकै दिन ७८ हजार ७६१ कोरोना संक्रमित थपिए « Arthapath.com
१४ भाद्र २०७७, आईतवार

भारतमा एकै दिन ७८ हजार ७६१ कोरोना संक्रमित थपिए



काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट भारतमा १ दिन कोरोना भाइरस कोभिड १९का सबैभन्दा बढी संक्रमित फेला परेका छन ।


पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसका ७८ हजार ७६१ नयाँ संक्रमित फेला परेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो संगै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३५ लख ४२ हजार ७३४ पुगेको छ ।
त्यस्तै भारतमा अहिलेसम्म कोरोना भाइरसको कारण ज्यान जानेको संख्या पनि ६३ हजार ४९८ पुगेको छ ।


त्यस्तै भारतमा १ दिनमा कोरोना भाइरसको कारण ९४८ जनाको मृत्यु भएको हो ।
त्यस्तै भारतमा अहिलेसम्म कोरोना भाइरसका २७ लाख १३ हजार ९३४ संक्रमित निको वा डिस्चार्ज भइसकेका छन ।


यो भन्दा अघि अमेरिकामा एकैदिन ७७ हजार ६३८ संक्रमित फेला परेका थिए ।


प्रतिक्रिया दिनुहोस्