काठमाडौंको बौद्धबाट १२ जुवाडे पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौं महानगरपालिका ६, बौद्धसिमलटारबाट १२ जना जुवाडेलाई पक्राउ गरेको छ ।
स्थानिय दावा शेर्पाको घरमा जुवा खेलिरहेको अवस्थामा उनीलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त बौद्धले बताएको छ ।
गोप्य सूचनाको आधारमा शेर्पाको घरमा छापा मार्दा उनीहरुलाई पक्राउ गरीएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञवालीले बताएका छन ।
उनीहरुका साथबाट २ लाख ९० हजार २ सय २० रुपैयाँ तथा भारतीय रुपैयाँ १ हजार, २१ बुक तास र ८ सेट क्वाइन गोटीसमेत बरामद भएको प्रहरीले जनाएको छ ।