सोमबार थप ८ सय ९९ जनामा कोरोना, काठमाडौं उपत्यकामा २९८ जना « Arthapath.com
१५ भाद्र २०७७, सोमबार

सोमबार थप ८ सय ९९ जनामा कोरोना, काठमाडौं उपत्यकामा २९८ जना



काठमाडौं । सोमबार कोरोना बाट थप ८ सय ९९ जना संक्रमित भएका छन ।
आज थप ८ सय ९९ जना कोरोनाका बिरामी थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना अपडेटमा बताइएको छ ।
यो संगै नेपालमा जम्मा जनामा कोरोना संत्रमितको संख्या ३९ हजार ४ सय ६० पुगेको छ ।


त्यसैगरी आज वितेको २४ घण्टामा ५ सय ८८ जना निको भएका छन । यो संगै कोरोना निको भएर घर फकनेको संख्या २१ हजार ४ सय १० पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २९८ जना कोरोना संक्रमित भेटिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १९०, भक्तपुरमा ४१ र ललितपुरमा ६७ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै २४ घण्टामा थप ७ जनाको कोरोना भाइरस बाट मुत्यु भएको । यो संगै नेपालमा कोरोना भाइरसबाट मुत्यु हुनेको संख्या २ सय २८ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्