आजसम्म २ सय २८ जनाले कोरोनाबाट ज्यान गुमाए « Arthapath.com
१५ भाद्र २०७७, सोमबार

आजसम्म २ सय २८ जनाले कोरोनाबाट ज्यान गुमाए



काठमाण्डौ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरस कोभिड १९ बाट ७ जनाको मुत्यु भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित कोरोना अपडेटमा १ कै दिनमा१ बालिका र महिला गरी तीन तथा चार जना पुरुषको ज्यान गएको बताइएको छ ।


आज महोत्तरीकी चार वर्षीया बालिका, गोरखाकी ६५ वर्षीया महिला र रुपन्देहीकी ६८ वर्षीया महिललको कोभिड १९ बाट मुत्यु भएको छ ।
त्यस्तै झापाका ८६ वर्षीय पुरुष, रौतहटका ४० वर्षीय पुरुष, चितवनका ७८ वर्षीय वृद्ध र भक्तपुरका ७७ वर्षीय वृद्धको पनी कोरोनाबाट मुत्यु भएको छ ।

यो संगै नेपालमा नोभल कोरोना भाइरस कोभिड १९ बाट मुत्यु हुनेको संख्या २ सय २८ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्