यस्ता छन् आइतबार बसेको मन्त्रिपरिषद्का १४ निर्णय « Arthapath.com
१५ भाद्र २०७७, सोमबार

यस्ता छन् आइतबार बसेको मन्त्रिपरिषद्का १४ निर्णय



काठमाडौं । सरकारले अन्तरजिल्ला र लामो दूरीका यातायातका साधनहरु असोज १ गतेबाट मात्रै सञ्चालन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को यही आइतबार बसेको बैठकले योसहित विभिन्न १४ वटा निर्णय गरेको छ । यसअघि भदौ १६ गतेबाट सञ्चालन गर्ने निर्णय भए पनि कोरोना संक्रमणको दर बढ्दै गएपछि असोज १ गतेबाट मात्रै सञ्चालन गर्ने निर्णय सरकारले गरेको हो ।

नियमित तथा व्यवसायिक आन्तरिक उडानहरु समेत त्यही समयसम्मका सञ्चालन नगर्ने निर्णय भएको सरकारका प्रवक्ता, अर्थरसञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले बताए । मन्त्रिपरिषद् बैठकले प्रदेश र स्थानीय तहलाई संक्रमण जोखिमको विश्लेषण गरी आइसोलेसन बेडको निर्माणको जिम्मा दिएको छ ।


प्रतिक्रिया दिनुहोस्