मेयर शाक्यलाई कोरोना देखिएपछि निषेधाज्ञा थप्नेबारेमा उपत्यकाका तीन सिडिओको बैठक « Arthapath.com
१६ भाद्र २०७७, मंगलवार

मेयर शाक्यलाई कोरोना देखिएपछि निषेधाज्ञा थप्नेबारेमा उपत्यकाका तीन सिडिओको बैठक



काठमाडौं । उपत्यकामा निषेधाज्ञा जारी भएको आज १३ औं दिन भैसकेको छ । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा भोली बुधबार सकिदैँ छ । कोरोना भाईरस संक्रमण्को दर बृद्धि भएसंगै काठमाडौं उपत्यकाका तीन जिल्लामा लगाईएको निषेधाज्ञा थप एक साता थपिने भएको छ ।

स्थानिय प्रशासनले १० गतेसम्मका लागि जारी गरेको निषेधाज्ञा उपत्यका मेयर फोरमको माग अनुसार थप ७ दिन थप गर्दै १७ गतेसम्मका लागि निषेधाज्ञा जारी भएको थियो ।

निषेधाज्ञामा पनि कोरोनाको संक्रमण दर नघटेको भन्दै स्थानिय प्रशासनले थप कडाई गर्दै आएको छ । काठमाडौंका मेयर विद्याशुन्दर शाक्यलाई पनि कोरोना भेटिएपछि उपत्यका थप कडाई गर्न स्थानिय तह र स्थानिय प्रशासन लागिपरेका छन ।

उपत्यकामा जारी निषेधाज्ञाको समय कति दिन बढाउने वा नबढाउने विषयमा भन्ने विषयमा छलफल गर्न बैठक बस्ने काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए ।

निषेधाज्ञा समयको पूर्वसन्ध्यामा काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरू छलफलमा भैरहेको छ । निषेधाज्ञा थप बारे भोलि बुधबार मात्रै निर्णय हुने ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले जानकारी दिए ।

निषेधाज्ञामा पनि कोरोना संक्रमण कमी नआएको भन्दै काठमाडौं उपत्यकामा फेरि ७ दिन निषेधाज्ञा लगाउन सक्ने स्रोतले बताएको छ ।


प्रतिक्रिया दिनुहोस्