नेकपा सचिवालय बैठक सुरु, खतिवडाबारे आजै निर्णय हुने « Arthapath.com
१८ भाद्र २०७७, बिहीबार

नेकपा सचिवालय बैठक सुरु, खतिवडाबारे आजै निर्णय हुने



काठमाडौं । नेपाल कम्युनिष्ठ पार्टी (नेकपा) को सचिवालय बैंठक आज बिहान ११ बजेकालागी बोलाइएको थियो । तर बैठक दिउसो ३ः३० बजेबाट सुरु भएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ ।

बैठकले २ दिनपछि राष्ट्रियसभा सदस्यको कार्यकाल बाँकी रहेका डा. युवराज खतिवडाबारे निर्णय हुने बताइएको छ । लामो समयदेखी पार्टीभित्रको आन्तरिक विवादका कारण पार्टीको सचिवालय बैठक बस्न सकेको थिएन ।

गत भदौ १३ गतेका लागी बोलाइएको बैठक विहिबार सरेको थियो । बैठकमा पार्टीको विवाद समाधानको लागी बनाइएको कार्यदलले बुझाएको प्रतिवेदनमाथी छलफल हुने बताइएको छ ।

त्यसैगरी बैठकमा ६ महिनादेखी खाली रहेको राष्ट्रिय सभा सदस्यको बारेमा पनि निर्णय लिन सक्ने जनाइएको छ । राष्ट्रियसभामा जान पार्टी उपाध्यक्ष बामदेव गौतमले इच्छा देखाएका छन । प्रधानमन्त्री ओलीले आफ्ना सारथी डा. युवराज खतिवडालाइनै निरन्तरता दिने बताएका छन ।


प्रतिक्रिया दिनुहोस्