८ निजी ल्यावले कोरोना टेष्टमा बढी शुल्क लिएपछि स्वास्थ्य मन्त्रालयको २४ घण्टे अल्टिमेटम « Arthapath.com
५ जेष्ठ २०८२, सोमबार

८ निजी ल्यावले कोरोना टेष्टमा बढी शुल्क लिएपछि स्वास्थ्य मन्त्रालयको २४ घण्टे अल्टिमेटम



काठमाडौं । सरकारले ८ ओटा निजी ल्यावले कोरोना टेष्ट गर्दा बढी शुल्क लिएको भन्दै कारवाही गर्ने भएको छ । ८ ओटा निजी अस्पतालले कोरोना परिक्षण गर्ने क्रममा बढी शुल्क बढी लिएको भन्दै स्वास्थ्य मन्त्रालयले २४ घण्टे अल्टिमेटम दिएको हो ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ८ वटा निजी ल्याबलाई शुल्क समायोजन गर्न २४ घण्टे अल्टिमेटम दिएको बताए । यी ल्यावले सरकारले तोकेको भन्दा बढी शुल्क लिएका स्टार, ह्याम्स, बीएण्डबी, मेडिसिटी, डिकोड, सौर्य, सेन्ट्रल डायगनोस्टिक र इन्ट्राप्रिड लाई पीसीआर ल्याब सञ्चालनका लागि दिइएको स्वीकृति खारेज गर्ने मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्