बुटवल बल्न थालेपछि ओली–प्रचण्डको गुहार माग्न मुख्यमन्त्री पोखरेल बालुवाटारमा « Arthapath.com
१८ आश्विन २०७७, आईतवार

बुटवल बल्न थालेपछि ओली–प्रचण्डको गुहार माग्न मुख्यमन्त्री पोखरेल बालुवाटारमा



काठमाडौं । शुक्रबार प्रदेश राजधानी बुटवलबाट दाङको भालुवाङ सार्ने निर्णय बालुवाटारमा नेकपाका दुई अध्यक्षले गरेपछि बुटवलमा आगो दन्किएको छ । अप्रत्यसिक रुपमा बलेको आगो निभाउन नसकेपछि प्रदेश मुख्यमन्त्री शंकर पोखरेल गुहार माग्न बालुवाटार छिरेका छन ।

नेकपाकै १४ प्रदेश सांसदले राजधानी सार्ने विषयमा नोटअफ डिसेन्ट लेखेका छन भने काङ्ग्रेले संगठित रुपमै आन्दोलन सुरु गरेको छ । बुटवलमा आगो दन्किएपछि मुख्यमन्त्री पोखरेल सहमतीको लागी भन्दै आइतबार अप्रत्यसित रुपमा बालुवाटार छिरेका छन ।

आइतबार कोरोनाका कारण पार्टीको सचिवालय बैठकसमेत रोकेका प्रधानमन्त्री केपी शर्मा ओलीले बुटवलमा चर्किएको आगो निभाउने उपाय खोज्न पार्टीका अर्का अध्यक्ष दाहाल र जनार्दन शर्मा प्रभाकरलाई समेत बालुवाटार डाकेका थिए । प्रधानमन्त्री निवास बालुवाटार कोरोनाको हटस्पट हुँदासमेत ओलीले भोटघाट रोकेका छैनन ।

प्रदेश ५ का मुख्यमन्त्री पोखरेल आन्दोलनको आगो चर्किएपछि साहारा माग्न बालुवाटार आइपुगेका हुन । प्रधानमन्त्री ओलीको सचिवालयले तीन सल्लाहकार, मुख्य स्वकीय सचिवसहित ७४ जना सुरक्षाकर्मीलाई कोरोना संक्रण भएपछि भेटघाट बन्द गरेका ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरुसँग राजधानी सारेपछि सल्किएको आगो निभाउने उपाय खोज्न तल्लिन भएका थिए ।

राजधानी बुटवलबाट दाङ सारिएपछि बुटवलका सांसदसमेत रहेका महासचिव विष्णु पौडेलसमेत तनाबमा छन ।


प्रतिक्रिया दिनुहोस्