ग्लोवल आईएमई लघुवित्तले स्पर्श लघुवित्तलाई गाभ्ने, चुक्तापुँजी ३५ करोड ३२ लाख पुग्ने « Arthapath.com
२१ आश्विन २०७७, बुधबार

ग्लोवल आईएमई लघुवित्तले स्पर्श लघुवित्तलाई गाभ्ने, चुक्तापुँजी ३५ करोड ३२ लाख पुग्ने



काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले स्पर्श लघुवित्त वित्तिय संस्थालाई गाभ्ने भएको छ । ग्लोवल आईएमई बैंकद्वरा प्रर्वधित ग्लोवल आईएमई लघुवित्तको संचालक समिति बैठकले स्पर्शलाई प्राप्तची गर्ने निर्णय गरेको हो ।

पोखरा महानगरपालिका वडा नं.२६ मा अवस्थित स्पर्श लघुवित्त वित्तीय संस्था प्राप्ती संबन्धी सहमति पत्रमा मंगलबार हस्ताक्षर भएको छ । लमजुङको बेसिशहरमा रजिष्टर्ड कार्यालय रही २०७० जेष्ठ १ गते घ वर्गको इजाजत पाएको ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले स्पर्शलाई मर्जर गर्न लागेको हो । ग्लोवल आईएमई लघुवित्तको अध्यक्ष बुद्धि अकेला रहृेका छन भने स्पर्शको अध्यक्ष प्रा.डा.सुशिल भक्त माथेमा रहेका छन ।

ग्लोवल आईएमई लघुवित्तको चुत्ता पुँजी २५ करोड ९५ लाख रहेको छ भने स्पर्शको चुत्तापुँजी ९ करोड ३७ लाख रहेको छ । दुबै संस्था मर्जरप्रश्चात चुत्तापुँजी ३५ करोड ३२ लाख पुग्नेछ ।


प्रतिक्रिया दिनुहोस्