सरकारले भन्यो दशैंमा घर नजाऔं, उपत्यकामा कोरोना जोखिम बढ्यो सर्तक हुनु « Arthapath.com
२१ आश्विन २०७७, बुधबार

सरकारले भन्यो दशैंमा घर नजाऔं, उपत्यकामा कोरोना जोखिम बढ्यो सर्तक हुनु



कठमाडौं । सरकारले कोरोनाबाट बाँचे अर्को वर्ष दशै मनाउन आग्रह गरेको छ । सरकारका प्रवक्ता प्रदिप ज्ञवालीले पत्रकार सम्मेलनमा बोल्दै भने ‘राजधानीमा कोरोनाको जोखिम बढेको छ घर बाहिर सकेसम्म ननिस्कौं ।’

सरकारले दशैमा धेरै मुभमेन्ट हुने भन्दै सर्तक रहन आग्रह गरेको छ । दिनदिनै काठमाडौं उपत्यकामा कोरोना संक्रमित बढेको भन्दै घरमै रहन र सुरक्षाको उपाय अपनाउन आग्रह गरेको छ । उनले उपत्यका बाहिर देशभर संक्रमण नियन्त्रण तर्फ रहेको भन्दै उपत्यका भयवह तिर उन्मुख रहेको बताए ।

दशैँमा सकभर उपत्यका बाहिर नजान पनि निर्देशन दिएको छ । अहिले देशभरको संक्रमित भन्दा उपत्यकामा बढी देखिएको भन्दै सरकारले दशैँमा घर बाहिर नजान आग्रह गरेको छ । सरकारले दशैँ भनेर भिडभाडमा नजान सुरक्षा सर्तकर्ता अपनाउन आग्रह गरेको छ । प्रवत्ता ज्ञवालीले भने बाचे दशैंको आर्शिवाद अर्को वर्ष लिउँला ।


प्रतिक्रिया दिनुहोस्