मन्त्रीपरिषद विस्तार प्रचण्डको आँखा संचारमा, विष्णु पौडेल अर्थमन्त्री बन्ने !

काठमाडौं । नेकपाका दुई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र केपी शर्मा ओलीविच भेटवार्ता भएको छ । दुई अध्यक्षविच मन्त्रीपरिषद विस्तारका बारेमा सहमती जुट्न सकेको छैन ।
दुई अध्यक्षविच सरकारले गर्ने महत्वपुर्ण राजनितीक नियुक्ति र मन्त्रीपरिषद विस्तारलगायतका विषयमा छलफल भैरहेको छ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल चलिरहेको छ ।

सरकार विस्तारमा प्रचण्ड र ओली विच कुरा मिल्न सकेको छैन । हाल खाली रहेको ३ मन्त्रालय पुर्व एमाले कोटाको हो । सरकार बनाउने बेलामा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीको भागको मन्त्रालयमा प्रचण्डले आँखा लगाएपछि सरकार विस्तार अलमलिएको छ ।
२ दिनअघि सचिवालय बैठकमा पनि सरकार विस्तारबारे कुरा उठेपनि मन्त्री कसकसलाई पठाउने भन्ने विषयमा कुरा मिल्न सकेको छैन । खाली रहेको शहरी विकास मन्त्रीमा प्रश्ताव गरिएका सुरेन्द्र पाण्डेले इन्कार गरेपछि सरकार विस्तार रोकिएको हो ।
प्रदेश ५ को राजधानी बुटवलबाट भालुवाङ पुर्याइएपछि विडित बनेका बुटवलका नेता तथा नेकपाका महासचिव विष्णु पौडेललाई खुशी तुल्याउन ओलीले पौडेललाई अर्थमन्त्री उपहार दिन लागेका छन । पौडेल यसअघि मन्त्री नबने पार्टीमै सक्रिय बन्ने बताएपनि प्रदेश राजधानीको इस्युले बाध्य भएको बताएका छन ।
उता अर्का अध्यक्ष प्रचण्डले आफु निकट नेता जनार्दन शर्मा प्रभाकरलाई सूचना तथा संचारप्रविधि मन्त्री बनाउन जोड दिएका छन । सरकारले सेक्यूरेटी प्रेस खरिदमा करोडौंको वार्गेनिङ गरेको भन्दै तत्कालिन संचारमन्त्री गोकुल बास्कोटा हटेका थिए । प्रचण्डले आफुनिकटका शर्मालाई संचार मन्त्री बनाउन जोड गर्नुको रहस्य खुलेको छैन ।