सरकारको ध्यान खिच्दै सिमेन्ट संघ : ‘सेतो पत्रे’ सडक निर्माणलाई नीति बनाउन जोडदार माग

काठमाडौं । नेपाल सिमेन्ट उत्पाकद संघले सिमेन्ट कंक्रिट सडक निर्माणकाे अवधारणालाई लागि बजेट तथा नीति निर्माण तहमा प्राथमिकताका साथ समावेश गर्नु पर्ने बताएकाे छ।
छिमेकी मुलुक भारत, चीन लगायत अन्य देशहरुले पहाडी क्षेत्रदेखि उच्चस्तरीय हाइवे निर्माणसम्म सिमेन्ट ढलान प्रविधिको प्रयोग गर्दै आइरहेकाे अवस्थामा नेपालमा पनि केही स्थानमा स्थानीय निकाय वा आयोजना स्तरीय प्रयासमा सिमेन्ट उलान सडक निर्माणकाे प्रयास भएकाे संघका अध्यक्ष रघुनन्दन मारूले बताए ।
यद्धपी नीति तथा कार्यान्वयन स्तरमै सरकारी प्रतिबद्धता नहुँदा यस प्रविधिको व्यापक प्रयोग हुन नसकेको उनकाे उनकाे भनाइ छ ।
यस सन्दर्भमा ‘अब कालोपत्रे होइन सेतो पत्रे गरौं’ भन्ने अभियानलाई सशक्त रुपमा अघि बढाउनुपर्ने आवश्यकता महसुस भएको संघले जनाएकाे छ। राष्ट्रिय पूर्वाधार निर्माणको दीर्घकालीन दृष्टि जनताको सेवा र देशको आर्थिक स्वावलम्बनलाई प्राथमिकतामा राख्दै सिमेन्ट ढलान प्रविधिलाई सरकारी नीति र योजना मार्फत प्राथमिकता दिनु संघकाे माग छ ।
यस अन्तर्राष्ट्रिय अवधारणाले नेपाल जस्ताे पहाड मुलुकमा सिमेन्ट कंक्रिट सडक सस्ताे, टिकाउ, स्वदेशी र दिगाे विकासकाे मार्गचित्र प्रस्तुत गर्ने संघकाे ठहर छ ।
‘एक पहाड़ी औगोलिक बनावट भएको मुलुक हो, जहाँ पूर्वाधार निर्माण, विशेषतः सडक सञ्जाल विस्तार एक पुनौतीपूर्ण कार्य सहँदै आएको छ।’ संघका अध्यक्ष मारूले भने ‘यस्तो भू-भागमा दीर्घकालीन सोचका साथ टिकाउ, भरपर्दो र लागत-लाभविश्लेषणमा आधारित पूर्वाधार निर्माण गर्नु अत्यावश्यक छ। सड़क निर्माणका सन्दर्भमा पछिल्लो समय सिमेन्ट दलान बाटोपतिको चासो बढ्दै गएको छ।’
हाल प्रचलनमा रहेको अलकत्र प्रयोग गरिएको कालोपत्रे बाटो प्रारम्भिक रूपमा तुलनात्मक रुपमा सस्ती देखिए पनि यसको जीवन अवधि छोटो हुने, हरेक वर्ष मर्मत संभारमा ठूलो रकम खर्चिनु पर्ने तथा मौसमजन्य असरले चाँडै बिग्रिने भएकाले दीर्घकालीन दृष्टिले यो प्रभावकारी नभएकाे उनले बताए ।
अर्कातर्फ सिमेन्ट ढलान बाटो प्रारम्भिक लागतमा केही महँगो पर्न गएको भए तापनि यसको आयु कम्तिमा तीन गुणासम्म लामो हुने भएकाले समय हिसाबले यो किफायती र टिकाउ विकल्प सावित हुने उनकाे भनाइ छ।
‘सिमेन्ट ढलानबाट निर्माण गरिने सडकहरु प्राविधिक हिसाबले पनि उपयुक्त मानिन्छन्। पानीको प्रभावले कालोपत्रे सडक क्षतिग्रस्त हुन्छ भने सिमेन्ट ढलान सडकमा पानीले नोक्सान पुर्याउने होइन, बरु यसले दीर्घायु बढाउँछ। अलका बाटोमा पानी, ढल तथा अन्य आवश्यक संरचना जोड्दा सडक भत्काउनुपर्दछ र त्यसको मर्मत पनि जटिल हुन्छ, तर सिमेन्ट ढलान सडकमा सहज रूपमा काटेर पुनः जडान तथा निर्माण गर्न सकिने विशेषता हुन्छ’ उनले भने ‘अर्कोतर्फ, अलकत्र पूर्णरूपमा आयात गर्नुपर्ने सामयी हो। यसले मुलुकको परनिर्भरता बढाउँछ। यद्यपि, सिमेन्ट नेपालमै उत्पादन हुने र निरन्तर आपूर्ति हुने सामग्री हो, जसको प्रयोगले आयात प्रतिस्थापनमा देवा पुर्याउनुका साथै राष्ट्रिय अर्थतन्त्र सुदृढ पार्न सकिन्छ।’