अन्तत: सरकार पछि हट्याे, नागरिककाे काेराेना उपचार नि:शुल्क गर्नेे मन्त्रीपरिषदकाे निर्णय « Arthapath.com
२५ कार्तिक २०७७, मंगलवार

अन्तत: सरकार पछि हट्याे, नागरिककाे काेराेना उपचार नि:शुल्क गर्नेे मन्त्रीपरिषदकाे निर्णय



काठमाडाैं । सरकारले नागरिककाे काेराेनाकाे उपचार निशुल्क गर्ने भएकाे छ । सामबार साँझ बसेकाे मन्त्रीपरिषद बैठकले सरकारी अस्पतालमा सर्वसाधारणकाे निशुल्क उपचार गर्ने निर्णय गरेकाे छ ।

सरकारले आफ्नो यसअघिकाे निर्णय संशोधन गर्दै सबै सरकारी अस्पतालमा कोरोना संक्रमितको उपचार निशुल्क गर्ने निर्णय गरेको छ ।

यसअघि सरकारले गरिव, निमुखा, ७० वर्ष माथिका जेष्ठ नागरिककाे मात्रै निशुल्क उपचार गर्नेे जनाएकाे थियाे ।

सरकारले पहिलेकाेे निर्णयकाे सर्वत्र विराेध भएपछि निर्णय संशोधन गर्दै सरकारले सोमबार सबै सरकारी अस्पतालमा कोरोनाको परीक्षण र उपचार निशुल्क गर्ने निर्णय गरेको हो । यसअघि सर्वोच्च अदालतले पनि सरकारलाइ निशुल्क उपचार गर्न पटक पटक निर्देशन दिएको थियो ।


प्रतिक्रिया दिनुहोस्