ओली-देउवा भेटले गर्मायाे राजनिती, प्रधानमन्त्रीले मागे सरकारमा काङ्ग्रेसकाे साथ « Arthapath.com
७ मंसिर २०७७, आईतवार

ओली-देउवा भेटले गर्मायाे राजनिती, प्रधानमन्त्रीले मागे सरकारमा काङ्ग्रेसकाे साथ



काठमाडाैं । पार्टी एकता गरेर सरकार चलाएकाे ३ वर्षमै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लगभग फुट नजिक पुगेकाे छ । नेकपाका दुई अध्याक्षविच चुलिएकाे विवाद साम्य भएकाे छैन । नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथी केही गंभिर आराेप लगाएपछि ओली थप चिढिएका छन ।

नेकपा फुट नजिक पुगेकाे भन्दै प्रधानमन्त्री ओलीले नेपाली काङ्ग्रेसँग सत्ता सहकार्यकाे लागी प्रश्ताव गरेका छन । शनिबार नै प्रधानमन्त्री ओली र काङ्ग्रेस सभापति शेरबहादुर देउवाविच भेट सहित अनाैपचारिक छलफल भएकाे छ ।

प्रधानमन्त्रीले काङ्ग्रेसलाई ८ मन्त्रालय लिएर सरकारमा आउन प्रश्ताप गरेकाे काङ्र्गेस नेताहरूले बताएका छन । पछिल्लाे समय चितवनमा नेता सुरेन्द्र पाण्डे उपस्थित भेलामा ओलीपक्षले नारावाजी गरेपछि प्रचण्ड नेपाल पक्ष थप टाढिएका छन ।

गत सचिवालय बैठमानै ओली पक्ष प्रचण्ड पक्षले गम्भिर आराेप लगाएकाे भन्दै सहभागि नहुने जनाएकाे थियाे । मंसिर १० गतेकाे लागी नेकपाकाे सचिवालय बैठक राखिएकाे छ । बैठक अवागै प्रचण्डपक्षले लगाएकाे आराेप फिर्ता लिनुपर्ने ओली पक्षकाे अडान छ ।


प्रतिक्रिया दिनुहोस्