एफएनसीसीआईको गत निर्वाचनमा एशोसिएट उपाध्यक्षमा सर्वसम्मतले ढकाललाई छोडेका ज्योती के भन्छन् ? « Arthapath.com
११ मंसिर २०७७, बिहीबार

एफएनसीसीआईको गत निर्वाचनमा एशोसिएट उपाध्यक्षमा सर्वसम्मतले ढकाललाई छोडेका ज्योती के भन्छन् ?



काठमाडौं । ३ वर्षअघि नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा एशोसिएटकोबाट निर्वाचन लड्ने तयारीमा थिए सौरभ ज्योती । कुनै बेलाको उद्योग बाणिज्य महासंघको निर्वाचनामा एउटै टिममा रहेका बरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकाल र एशोसिएटका तर्फबाट उम्मेदवारी दिएका सौरभ ज्योती यस पटकको निर्वाचनमा पक्ष विपक्ष भएर निर्वाचनमा होमिएका छन ।

योभन्दा अघिको महासंघको निर्वाचनमा एशोसिएटको निर्वाचनमा दुवै ढकाल र ज्योतीले उमेद्धारी दिएका थिए । तर सौरभ ज्योतीले सर्वसहमतीको लागी ब्याक भएपछि चन्द्र ढकाल सर्वसम्मतले एशोसियट उपाध्यक्षमा निर्वाचित भए । तर यस पटकको निर्वाचनमा चन्द्र ढकाल बरिष्ठ उपाध्यक्षको पदका लागि अर्का उमेद्धार किशोर प्रधानसंग निर्वाचनमा भिड्ने भएका छन् । तर सौरभ ज्योती चन्द्र ढकालको तर्फबाट उमेद्धारी दिएका एशोसियट उपाध्यक्षसंग निर्वाचन लडिरहेका छन् ।

विगतमा पनि तपाईभन्दा चन्द्र ढकाल योग्य भएर एशोसिएटमा छोड्नु भएको हो ? भन्ने अर्थपथले गरेको प्रश्नमा एउटा टिमको हिसवाले छोडेको बताएका छन् । उनले भने, “त्यो बेला टिमको हिसावले उहाँलाई साथ दिएको हो । हामी दुवै जना योग्य छौं । उहाँ आफ्नो क्षेत्रमा योग्य हुनुहुन्छ, म आफ्नो क्षेत्रमा योग्य छु । आ–आफ्नो क्षेत्रमा विज्ञ भइहालिन्छ ।

योग्यताको हिसावले होइन त्यो वेला टिम र संस्थाको ऐकेबद्धताको लागि मैले छोडेको हो । किनभने ब्यक्तिगत स्वार्थभन्दा पनि संस्था माथि हुन्छ । संस्था बच्यो भने हामी पछि पनि सेवा गर्न पाउँछौ । संस्था रहेन भने सेवा गर्न पनि पाउदैन । टिम र संस्थाका लागि मैले उम्मेद्धारी फिर्ता लिएको हो । दुबै जना त्यतिकै योग्य छौ ।


प्रतिक्रिया दिनुहोस्