प्रचण्ड-माधवको प्रदर्शनमा ट्राफिक अस्तव्यस्त, मञ्चमा नेतामात्रै सुन्ने दर्शक छैनन् (तस्विरसहित) « Arthapath.com
१४ पुष २०७७, मंगलवार

प्रचण्ड-माधवको प्रदर्शनमा ट्राफिक अस्तव्यस्त, मञ्चमा नेतामात्रै सुन्ने दर्शक छैनन् (तस्विरसहित)



काठमाडौं । सत्तामा पुग्न नपाएको झोकले सडकमा आएका नेकपाका पुष्पकमल दाहाल र माधव नेपालले सडक आन्दोलन गरेर लाखौ मान्छे उतार्ने बताएका थिए । तर सभामा प्रचण्ड र माधव नेपालले संबोधन गर्ने समयमा मञ्चमा नेतामात्रै थिए ।

संसद पुनस्थापन गर्छौं र फेरी सत्तामा पुगेर कार्यकर्ताको व्यवस्थापन गर्ने भन्दै जिल्ला-जिल्लाबाट ल्याइएका कार्यकर्ता भने ढिलो सुरु भएको कार्यक्रम हेर्दै नहेरी घर फर्किएका छन । अन्त्यमा प्रचण्ड नेपालले बोल्ने बेलामा पत्रकार र नेताबाहेक कोही थिएनन् ।

दिनभर सडकमा हजारौं राजधानी बासीलाई सडक जाम गरेर दुःख दिएका नेताहरुले पुन संसद पुनस्थापन गरेर सत्तामा पुग्ने उद्घोष गरे । कार्यक्रममा निक्कै आक्रामक बनेका झलनाथ खनाल आफु छिट्टै राष्ट्रपती बन्ने लालसाले लिप्त देखिन्थे ।

लाखौको उपस्थिती दावी गरिएपनि सभामा बोल्ने नेताको मात्रै उपस्थिती देखेपछि प्रचण्डले आफ्नो भाषणनै छोट्याए । प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध पुर्व माओवादीका भन्दा पनि पुर्व एमालेका आक्रामक अभिव्यक्ति दिए । प्रचण्डले सभामा सर्वोच्च अदालतलाई फकाउँदै आन्दोलन हेरेर निर्णय लिन आग्रह गरे । संविधानको धारा भन्दा पनि जनताको उपस्थितीलाई हेरेर अदालतले प्रचण्डको सत्तामा पुग्ने सपना पुरा गर्ला ?


प्रतिक्रिया दिनुहोस्