साताको अन्तिम दिन नेप्से १५.९१ अंकले बढ्यो, ५ अर्ब भन्दा बढी कारोबार

काठमाडौं । साताको अन्तिम दिन विहिबार आज नेप्से १५ .९१ अंकले बढेको छ ।
आज शेयर बजार नेप्से १५ .९१ अंकले बढेर २ हजार १९४.४८ अंकमा पुगेर बन्द भएको छ ।
आज २ सय ८ कम्पनीको सेयर कारोबार हुँदा ५ अर्ब ८७ करोड ४७ लाख ८ हजार २ सय २७ रुपैयाँकोे काराबोर भएको छ ।
हिजो १३.०७ अंकले बढेको थियो । बुधबार दिनभर २०५ कम्पनीको १ करोड ५ लाख ३४ हजार १५७ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४२ करोड ४८ लाख ४२ हजार ५९७ रुपैयाँको कारोबार भएको थियो ।
