प्रचण्ड–माधव समुहद्वरा आव्हान गरिएको हड्तालमा यस्तो छ राजधानीको जनजिवन (फोटोफिचर) « Arthapath.com
२२ माघ २०७७, बिहीबार

प्रचण्ड–माधव समुहद्वरा आव्हान गरिएको हड्तालमा यस्तो छ राजधानीको जनजिवन (फोटोफिचर)



काठमाडौं । चौतफी विरोधका बावजुत पनि नेकपाको प्रचण्ड–माधव नेपाल समुहले आव्हान गरेको आम हड्तालले राजधानी प्रभावित बन्यो ।

बिहीबार छिटफुट सार्वजनिक यातायातपनि संचालन भएका छन भने निजी सवारी अधिकांस चलेका छन । विहानै प्रर्दशनकारीले सामाखुसी गोंगबुमा गुडिरहेको ट्यमक्सीमा आगजनी गरेका थिए ।

राजधानीका सडकमा प्रहरीको बाक्लो उपस्थिती रहेको छ भने चोक चोकमा आन्दोलनकारीले नारावाजी गरिरहेका छन । आन्दोलन हिंसात्मक हुने अवस्था आए प्रहरीले सिधै प्रक्राउ गर्नेछ ।

प्रहरीले प्रचण्ड माधव समुहकी नेत्री अष्टलक्ष्मी शाक्यलाई कलंकी चोकबाट विहानै पक्राउ गरेको छ । हाड्ताल भनिए पनि सर्वसाधारणले उलंघन गरेर सवारी चलाएका छन । बन्दको सामाजीक संजालमा व्यापक विरोध भैरहेको छ ।


प्रतिक्रिया दिनुहोस्