नेपालमा भित्रियो लोकोप्रिय अमेरिकन लेवलको बड्वाइजर बिअर « Arthapath.com
२८ फाल्गुन २०७७, शुक्रबार

नेपालमा भित्रियो लोकोप्रिय अमेरिकन लेवलको बड्वाइजर बिअर



काठमाडौं । नेपालमा अमेरिकन लेवलको बड्वाइजर बियर भित्रिएको छ । संसारका १५० भन्दा बढी देशहरुमा लोकोप्रिय रहेको बड्वाइजर बिअर नेपालमा विक्री सुरु भएको छ ।

अन्हाइजर बुस इन्बेभ बेभरेज कम्पनीको उत्पादन रहेको बड्वाइजर बियरको स्वाद नेपालीहरुले पनि पाउने भएका छन । बजारमा भित्रिएको छ । नेपालमा आफ्नो ग्लोबल ब्राण्ड बड्वाइजरको बिक्री शुरूवात गर्ने घोषणा गरेको छ ।

बड्वाइजरको आफ्नो उत्पादन विस्तार गर्दै आएको हो । जावालाखेल ग्रुपअफ इण्डष्ट्रिज अन्तर्गतको राज ब्रुअरीसँगको साझेदारी मार्फत नेपाली बजारमा बियर ल्याएको हो ।

सन १८७६ बड्वाइजरको सुरुवात सो बियर अमेरिकन स्टाइल रुपमा बजारमा आएको छ । जावलाखेल ग्रुप अफ इण्डष्ट्रिजका प्रबन्ध निर्देशक राजबहादुर शाहले भने, ‘राज ब्रुअरीलाई विश्वव्यापी बियर जाएन्ट एबि इन्बेभले छनौट गरि विश्वको सबैभन्दा लोकप्रिय बियर नेपालमै उत्पादन गर्न दिनु हाम्रो लागि एकदमै सम्मानको कुरा हो । यो सम्भव हुनुको मुख्य कारण राज ब्रुअरी दक्षिण एसियाको सर्वोत्कृष्ट मध्यको एक ब्रुअरी रहेर पनि हो ।’

जावलाखेल ग्रुप अफ इण्डष्ट्रिज नवीनतम उत्पादन र नयाँ बेन्चमार्क कायम गर्दै युवा ग्राहकहरुको नवीनतम तथा गुणस्तरिय पेय पदार्थहरु प्रति आकर्षणको पूर्ति गर्न अत्याधुनिक बु्रअरीबाट उत्पादन गर्दै आएको छ । सन् २०१८ देखि जर्मनीको आइकनिक ब्राण्ड, वार्सटाइनर प्रिमियम जर्मन बियर उत्पादन गर्दै आइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्