एमाले विवाद मिलाउन दाेस्राे तहका नेता सक्रिय, देउवा निवासमा प्रचण्डकाे छटपटाहट « Arthapath.com
२४ बैशाख २०७८, शुक्रबार

एमाले विवाद मिलाउन दाेस्राे तहका नेता सक्रिय, देउवा निवासमा प्रचण्डकाे छटपटाहट



काठमाडाैं । नेकपा एमालेभित्र देखिएकाे दुई नेता विचकाे बिवाद मिलाउन दाेस्राे तहका नेतााहरू सक्रिय देखिएका छन । बिहिवारदेखी एमालेका नेता घनश्याम भुसाल र याेगेश भट्टराईसँग छलफल चलाएका अर्थमन्त्री विष्णु पाैडेलले शुक्रबार पनि छलफल गरेका छन ।

शुक्रबार पाैडेलकै अगुवाईमा एमाले संसदिय दलका उपनेता सुवास नेम्वाङ र विष्णु रिमालले भुसाल, भट्टराई र गाेकर्ण विष्टसमेतले पार्टीभित्रकाे विवाद समाधान गर्न लागिपरेका छन ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालविच देखिएकाे विवाद समाधान गर्न नेताहरू घनिभुत छलफलमा जुटेका हुन । कुनै भुकम्प नगएमा प्रधानमन्त्री ओली र नेपालविच सहमती हुने संभावना छ ।

सर्वाेच्च अदालतले नेकपालाई पुरानै दुई पार्टीमा फर्काईदिएपछि प्रधानमन्त्रीले एकलाैटी रूपमा पुरानाे एमालेकाे पदाधिकारी भंग गर्दै नयाँ जिम्वेवारी दिंदै पार्टी महाधिवेसन आयाेजक समिति बनाएका थिए ।

छलफलमा नेताहरूले कशैले पनि नहार्ने गरी विन विन अवस्थामा मिलाउन लागिपरेका छन । विचकाे शुत्रबाट निकाश निकाल्न दाेस्राे तहका नेताहरू लागिपरेका छन ।

उता एमालेभित्रकाे विवाद मिल्न लागेकाे भन्दै माओवादी अध्यक्ष प्रचण्डमा छटपटाहट सुरू भएकाे छ । एमालेकाे दास्राे तहका नेताहरूकाे सक्रियाताले प्रचण्डकाे निद हराएकाे छ । प्रचण्डले शुक्रबारनै काग्रेंस सभापती देउवालाई भेटेर एमाले मिलेमा कसरी अघि बढ्ने भन्ने बारेमा छलफल गरेका छन ।


प्रतिक्रिया दिनुहोस्